काठमाडाैं । टुक्का साहित्य समाज, काठमाडाैं द्वारा आयोजित वृहद् रक्तदान तथा टुक्का वाचनकार्यक्रम काठमाडाैंकाे गाैशालामा सम्पन्न भएकाे छ ।
बिहान १० बजे देखि दिउँसाे २ बजेसम्म संचालन भएकाे उक्त कार्यक्रममा २३ स्वयम् सेवी रक्तदाताहरूले रक्तदान गरेका थिए ।
कार्यक्रममा बत्तिसपुतली महिला विकास समिति, सामुदायिक प्रहरी गौशाला प्रहरी वृत्त, बत्तिसपुतली गौशाला व्यापार व्यवसायी संघ, नेपाल रेडक्रस सोसाइटी पशुपति, चावहिल, बौद्ध उपशाखा ले सह-आयोजकको भूमिका निर्वाह गरेका थिए ।
टुक्का साहित्य समाजकी सचिव विमुन्स पाैडेलकाे संयाेजकत्व र समाजका सदस्य पूर्ण बहादुर श्रेष्ठ को सभापतित्वमा, बत्तिसपुतली महिला विकास समिति की अध्यक्ष उमा गौतम, नेपाल रेडक्रस सोसाइटी पशुपति चावहिल बौद्ध उपशाखा का अध्यक्ष उत्तम महर्जन, सामुदायिक प्रहरी तथा महानगरिय प्रहरी प्रभाग गाैशाला, बत्तिसपुतली गौशाला व्यापार व्यवसायी संघको साथ र सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे।
सुरुवाती चरणमा विमुन्स पाैडेलले सञ्चालन गरेको कार्यक्रममा समापनमा ललिता गिरीले संचालन गर्नु भएकाे थियाे। टुक्का को व्यापीकरणको लागि टुक्का वाचन कार्यक्रममा रेहित सैजू, पूर्ण श्रेष्ठ ‘हृदयङ्कृत’, संस्थाकी काेषाध्यक्ष रचना शर्मा ‘प्रतिक्षा’, ललिता कालु बिन्दास तथा विमुन्स पौडेल द्वारा विभिन्न सर्जकका टुक्का हरू वाचन गरिएकाे थियाे भने साहित्यकार शिव शर्माले छन्द कविता वाचन गरेका थिए ।
टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाई र बत्तिसपुतली महिला विकास समिति की अध्यक्ष उमा गाैतमकाे विशेष पहलमा आयाेजित उक्त कार्यक्रममा कार्यक्रमका सभापती श्रेष्ठ तथा अध्यक्षद्वय चापागाईं र गाैतमले टुक्का वाचन तथा रक्तदान कार्यक्रमलाई भव्य रुपमा सफल पार्न आर्थिक तथा भाैतिक रूपमा सहयाेग पुर्याउनु हुने सम्पूर्ण स्वयमसेवी, समाजसेवी तथा साहित्यकारहरू प्रति हार्दिक आभार व्यक्त गरेका थिए ।