दुवै खुट्टा नभएका रुसि नागरिक रुस्तम नवियावले मनास्लु आराेहण गर्दै

आइतवार, असाेज ३, २०७८
0
140

 गोरखा । रुसि नागरिक रुस्तम नवियावकाे दुवै  खुट्टा छैनन । खुट्टा नभएकाे के भाे उहाँले यूराेपकाे सबैभन्दा अग्लाे पाँच हजार ६४२ मिटर अग्लाे हिमालकाे आराेहण गरि सकेका छन् । दुवै खुट्टा हुनेहरुले गर्न नसकेकाे काम उनले गरेका छन् । विश्वका उच्च शिखर मध्ये रहेकाे किलर माउण्टेन उपनामले परिचिच आठ हजार १६३ मिटर अग्लाे मनास्लु हिमाल आराेहरणका लागि नवियाव मनासलु वेस क्याम्प पुगेका छन् ।

सेभेन समिट ट्रेक मार्फत उनी आरोहणका लागि आधार शिविर पुगेका हुन् ।  असाेज महिनामा उनले मनास्लु आराेहण गर्ने छन । दुई जना विदेशी गाइड र दुई नेपाली जना शेर्पा एडभेन्चर  सहित उनी आराेहणमा सहभागि छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here