१
पुर्खाले आर्जेकाे वीर नेपालीकाे शान ,
धुलिसात बनाउने नेता हुन श्वान ।
२
जनता रहेछन् नेताकाे नै खेत,
हर उपाय गरी लाउछन् रेत ।
३
नेपाल हाम्राे कृषि प्रधान देश,
खाडी पुगे युवा क्रान्ति भयाे शेष।
४
विकासका लागि भाे क्रान्ति, बग्याे रगत ,
क्रान्तिकारी नेता कुर्सीमा पुगे फगत ।
५
क्रान्तिकारी नेता त सत्तामा राज,
लडाकु दस्ता खाडीमा कामकाज ।
६
राज्य सञ्चालनका स्वतन्त्र तीन अङ्ग ,
देखियाे तिनका चरित्र रङ्ग न ढङ्ग ।
७
उत्पत्ति हुने बेला नै जाे दूषित थियाे,
व्यवहारले झन अपवित्रता दियाे ।
८
देशकाे सम्पूर्ण नियम कानुन संविधान ,
नेताकाे खल्तीमा जस्ले पढ्याे उसैकाे छ मान।
९
विकासको नाममा प्रगति खै गन्न ,
जनतालाई ऋणकाे छ भारी टन्न ।
१०
अग्रगमनका नाममा विदेशीलाई खाेले ढाेका ,
यिनका गतिविधि हेर्दा साउनकै रहेछन् बाेका ।
प्रद्युम्न चालिसे
भक्तपुर






