काठमाण्डौं । पछिल्लो समयकी हिट अभिनेत्री सामाज्ञी राज्यलक्ष्मी शाह पनि म्युजिक भिडियोमा देखिन थालेकी छिन् ।
केही समय अगाडी माया प्रेम बोलको गितमा देखिएकी साम्राज्ञी अभिनित अर्को म्युजिक भिडियो “प्रभाव” सार्वजनिक भएको छ । दशैंको अवसर पारेर सार्वजनिक गरिएको भिडीयोमा साम्राज्ञीको बोल्ड अवतार देख्न सकिन्छ ।
प्रकाश विक्रम थापाको स्वर, शव्द र संगित रहेको गीतमा संगीत संयोजन सुरज शर्माले गरेका छन् । शेखरराज खसुजको निर्देशन रहेको भिडीयोमा साम्राज्ञीलाई अभिनयको जोडीको रुपमा विवेक खड्काले साथ दिएका छन् ।






