कात्तिक २४ धादिङ । धादिङबेसीबाट चितवन तर्फ जाँदै गरेको ना ७ ख ५८२८ बस र काठमाडौंबाट धादिङबेसी तर्फ आउँदै गरेको बा ५ ख ३२३५ नम्बरकाे बस एक आपसमा ससाहको कमेरेखोलामा ठोकिएको प्रहरीले जनाएकाे छ ।
बस एक आपसमा ठोकीदा १० जना घाईते भएका छन् भने यी मध्य ३ जनाको ठाउँकोमा चोट लागेको प्रहरीले जनाएको छ । थप विवरणका लागि प्रहरी घटना स्थलमा पुगेकाे छ ।







