बुटवल । शौचालय जाने क्रममा लडेर वडाध्यक्षको मङ्गलबार दिउँसो वडाध्यक्षको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष लालप्रसाद बस्यालको शौचालय जाने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
लडेर गम्भीर घाइते भएका बस्याललाइ उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिए पनि मृत्युु भएको प्रहरीको भनाई छ ।
अचेत अवस्थामा अस्पताल पुर्याइएका ७३ वर्षीय बस्याललाई चिकित्सकले मृत घोषणा गरेको वडा नम्बर ३ का वडा सदस्य लीला श्रेष्ठले जानकारी दिए । उनकाे शव बुटवल गोलपार्कस्थित निवासमा राखिएको थियो ।






