प्रेस सेन्टर नेपालमा गाेरखाका पाँच जना सहित गण्डकीमा १९ जना पत्रकार निर्वाचित

सोमवार, मंसिर २०, २०७८
0
190

गाेरखा । प्रेस सेन्टर नेपाल  काे चाैँथाे महाधिवेशनबाट गाेरखाबाट पाँच जना पत्रकार  केन्द्रीय समितिमा  निर्वाचित भएका छन् । शुक्रबार देखि चितवनमा भएकाे महाधिवेशनले आइतबार निर्वाचन प्रक्रियाबाट अध्यक्ष सहितकाे समिति निर्वाचित गरेकाे हाे । समितिकाे अध्यक्षमा विष्णु प्रसाद सापकाेटा रहेका छन ।

गाेरखाबाट निर्वाचित हुने पत्रकारहरुमा राजेन्द्र न्याैपाने, प्रदिपराज वन्त, अर्जनु पन्त, दिपक श्रेष्ठ र सँगिता चेपाङ रहेका छन् । गण्डकी प्रदेशका १९ जना पत्रकारहरु सेन्टरकाे केन्द्रिय समितिमा अटाएका छन् । यस अघि तेस्राे अधिवेशनमा १६ जना केन्द्रिय सदस्य रहेका थिए । महाधिवेशनले अन्य पदाधिकारीकाे भने टुङ्गाे लगाउन सकेकाे छैन । पदमा रहन धेरैले रहर गरेपछि कामकाे मूल्याङकन गरेर केही समय पछि बैठकबाट पदाधिकारी छनाैट गरिने कार्यक्रम रहेकाे नव निर्वाचित केन्द्रिय सदस्य प्रल्हाद पाेखरेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here