पर्यटन मन्त्री प्रेम आले सवार गाडी दुर्घटनामा पर्याे, मन्त्री सकुशल

मङ्लबार, पुस २७, २०७८
0
230

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी कैलालीको गेटामा दुर्घटनामा परेको छ।

कञ्चनपुरको महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रममा सहभागी हुन धनगढी विमानस्थलबाट जाने क्रममा मन्त्री आले सवार गाडी दुर्घटनामा परेको हो।

गाडी क्षतिग्रस्त भए पनि आले सुरक्षित छन्। उनी सवार सु.प. प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले पुष्टि गरेका छन्।

धनगढी विमानस्थलबाट ६ लेनको मेन रोड क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई अर्को गाडीले हानेको हो।

अर्को गाडीलाई ठक्कर दिएर अनियन्त्रित भएको कारले आले सवार गाडीलाई पनि ठक्कर दिएको प्रहरीले जनाएको छ।

उक्त गाडी दुर्घटनामा परेपछि अर्को प्रयोग गरेर आले महेन्द्रनगरमा प्रस्थान गरेका छन्।

ठक्कर लागेको गाडीमा सवार पनि सबै सकुशल जनाइएको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here