फागुन १ गतेदेखि धार्चे गाउँपालिका केन्द्रसम्म नियमित बस सेवा सञ्चालन हुने

बिहिबार, माघ २७, २०७८
0
206

गोरखा ।   फागुन १ देखि धार्चे गाउँपालिकाकाे केन्द्र माछाखोलासम्म नियमित सञ्चालन हुने  भएकाे छ ।  सेनाकाे नेतृत्वमा  निर्माण भएकाे वेनिघाट लार्के  सडकखण्ड अन्तर्गत आरुघाट देखि माछाखाेला सम्म बस सञ्चालन गर्न  धार्चे गाउँपालिका र गोरखा दरौदी बस व्यवसायी कम्पनी सेवा प्रा‍ लि वीच लिखित सम्झाैता भएकाे छ ।

धार्चे  गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ र व्यवसायी कम्पनीका  अध्यक्ष नारायण खत्रीले सोती-माछीखोला सडक खण्डमा बस सेवा संचालनका लागि दुई पक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । द

दुइ पक्षवीचकाे सम्झाैता अनुसार  दराैदी यातायातले दैनिक चारवटा बस सेवा सञ्चालन गर्ने जसमा सोती बजारदेखि माछाखोलासम्मको बसभाडा अर्को व्यवस्था नभएसम्मलाई प्रति यात्रु १ सय ५० रुपैयाँ कायम गर्ने सहमति भएकाे छ ।  एक किलाेमिटरकाे ११ रुपैयाँ पचास पैसा लिने सहमति भएकाे गाउँपालिका अध्यक्ष गुरुङ्गले जानकारी दिए ।

गाेरखा क्षेत्र नम्बर १ अन्तर्गत रहेकाे उक्त सडकमा नियमित बस सञ्चालन नहुँदा नागरिकहरु महँगाे शुल्क तिरेर नीजि सवारी साधन प्रयाेग गर्न बाध्य थिए । लार्के भञ्याङ जाने उक्त सडकमा हाल दाेभानसम्म सवारी साधनहरु आउजाउ गर्दछन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here