गाेरखा । शहिद लखन गाउँपालिकाकाे दशाैँ गाउँसभा शुक्रबार सम्पन्न भएकाे छ । गाउँसभाले ४ कराेड ९९ लाख ८८ हजार रुपैयाँ बजेट रकमान्तर गरेकाे छ ।
मर्मत सम्भार काेषमा रहेकाे २० लाख, समपूरक काेषकाे ४५ लाख, देउराली व्हायाक रानिश्वाँरा तिनधारे चिसाेपानी खानेपानी तिनमाने घैरुङ सडककाे ८ लाख, विपद व्यवस्थापन काेषकाे ५० लाख, विपद व्यवस्थापनकाेष वडा नम्बर ५ काे ६ लाख, सँघ सँस्था तथा अन्य व्यक्तिगत सहयाेग अनुदान ७ लाख, समपूरक काेष वडा नम्बर १ काे १० लाख, एम्बुलेन्स सेवा वडा नम्बर १ काे ८ लाख १० हजार, ५० प्रतिशत अनुदानमा कृषि कार्यक्रम वडा नम्बर १ काे १ लाख , विउविजन खरिद वडा नम्बर १ काे ७० हजार, ५० प्रतिशत अनुदानमा माैरीकाे घार वितरण वडा नम्बर १ एकलाख, विपद व्यवस्थापन वडा नम्बर १ काे ५ लाख, समपूरक काेष वडा नम्बर ५ काे १० लाख, ८ काे ५ लाख, विपद व्यवस्थापन वडा नम्बर ३ काे १ लाख ५० हजार,विपद व्यवस्थापन वडा नम्बर ९ काे १० लाख, स्वयँसेवक शिक्षक छनाैट तथा परिचालन शिर्षककाे १९ लाख ५० हजार रकम रकमान्तर भएकाे हाे ।
दिर्घकालिन याेजना बनाएर काम गरेका वडाहरुकाे रकमान्तर शिर्षक कम र काम गर्न नसकेकाे वडाहरुकाे रकमान्तर शिर्षक धेरै रहेकाे छ । वडा नम्बर १ का याेजनाहरु अधिकाँश रमान्तरमा परेका छन् ।






