पल शाहलाइ पुर्जी काटेर कारागार चलान गर्न तनहुँ अदालतकाे आदेश

बिहिबार, चैत्र १०, २०७८
0
167

तनहुँ । जिल्ला अदालत तनहुँले नायक पल शाहले नाबालिकालाई जवरजस्ती करणी गरेको देखिन आएको ठहर गर्दै पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।

‘तत्काल प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले वर्ष १५ की परिवर्तित नाम ०७८–७९ व्यास–१२ लाई ललाई फकाई विवाह गर्छ भनी प्रलोभन देखाई जवरजस्ती करणी गरेको देखिन आएकोले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हने गरी हाललाई निज प्रतिवादी पल शाह भन्ने पर्णविक्रमा शाहलाई मलकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को उपदफा १० को खण्ड (ख) बमोजिम थुनामा राखी पुर्पक्ष गर्ने गरी रीतपूर्वक थुनुवा पूर्जी दिई कारागार कार्यालय, दमौली, तनहुँमा पठाई दिनू ।’

अदालतमा दुई दिन चलेको थुनछेक बहस पछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले सो आदेश दिएको छ । यस्तै अर्का प्रतिवादी कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीलाई १ लाख धरौटीमा अदालतले रिहा गर्न आदेश दिएको छ ।

पूर्णपाठ हेर्नुहाेस् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here