गाेरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाका) अध्यक्ष राजेन्द्र लिङ्देन देशमा अव राप्रपा पहिलाे पार्टी बन्ने बताएका छन् । बिहिबार गोरखामा आयोजित आमसभामा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जतिपनि सत्तामा रहँदा कुनै पनि राम्राे काम गर्न नसकेका कारण जनताले पहिलाे पार्टी राप्रपा राेज्न लागेका बताएका हुन् । अव नागरिकहरुले गल्ती गर्दैनन् उनले भने ।
अवकाे निकास प्रचण्ड, शेर बहादुर र केपी ओलीबाट नहुने भएकाले नेपाली जनताले एक मात्र इमान्दार पार्टी राप्रपा राेज्नु अनाैठाे नहुने बताए । साँढे दुहेर दुध नझर्ने बताउँदै अव आफ्नाे मतकाे सदुपयाेग गर्ने दिन आएकाे उनले बताए । ’ राष्ट्रिय प्रजातन्त्र पार्टीकाे चुनाव चिन्ह हलाे रहेकाे छ । कार्यक्रम गाेरखा स्थित रङ्गशालामा भएकाे थियाे । कार्यक्रम सुरु हुनु अघि गाउँ गाउँबाट आएका झाँकीहरुकाे र्यालीले बजार परिक्रममा गरेकाे थियाे ।






