गोरखा . गोरखामा खोलाले बगाएर एक युवक बेपत्ता भएका छन् । जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर–६, स्थित आँपचौरका २१ बर्षका बिशेष मगरलाई खोलाले बगाएर बेपत्ता बनाएको गाउँपालिका अध्यक्ष दिपक तिमिल्सेना (साकार) ले बताए ।
गोठालो गएर फर्कदै गरेका बेला घर नजिकै रहेको प्यराङ खोलाले मगरलाई बगाएर बेपत्ता बनाएको हाे । अन्य बेलामा सामान्य पानी बग्ने भएपनि केही दिनदेखिको अबिरल बर्षाका कारण उक्त खोला उर्लिएर आएको थियो । खोला तर्ने क्रममा बुधबार साँझ युवकलार्ई बगाएको हो । बेपत्ता मगरको स्थानीबासी तथा प्रहरी र आफ्न्त मिलेर खोजी कार्य जारी राखेको भएपनि अहिलेसम्म फेला पार्न नसकिएको अध्यक्ष तिमिल्सेनाको भनाई छ ।
युवकले लगाएको केही कपडा भने फेला परेको खोजीमा संलग्नहरुले बताएका छन् ।






