गोरखा। चुमनुब्री गाउँपालिका भित्र रहेका विद्यालयहरुमा हाल सम्म एउटा मात्रै पनि मावि तहकाे दरबन्दी छैन । चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल सुनिललाई भेटेर शिक्षक दरबन्दी माग गरेका छन् ।
सिर्दिवासस्थित बुद्ध माध्यमिक विद्यालय लगायतका विद्यालयमा शिक्षक दरबन्दी अभाव रहेको छ। बुद्ध मावि फिलिमका लागि मावि तहको स्थायी शिक्षक दरबन्दी व्यवस्था गरिदिन शिक्षा मन्त्रीसँग माग गरिएकाे अध्यक्ष लामाले जानकारी दिए ।
पालिकामा रहेका विद्यालयहरूमा हिमाली आवासीय छात्रवृत्तिको कोटा दुई सय थप गरिदिन पनि अध्यक्ष लामाले माग गरेका छन्। शिक्षा मन्त्री पौडेलले नीतिगत र प्रक्रियागत रूपमा अघि बढ्ने र मागहरूको सम्बोधन गर्ने प्रतिवद्धता जनाएका उनले बताए । प्रस्तावित माध्यमिक विद्यालयका रुपमा सञ्चालन भएका विद्यालयहरुमा मावि तहकाे दरबन्दी नहुँदा विद्यालय सञ्चालनमा समस्या हुने गरेकाे स्थानीय नागरिक बताउँछन् ।
अध्यक्ष लामा साँसद हरिराज अधिकारी सहित शिक्षा मन्त्रालय पुगेका थिए ।






