भीमसेन थापा गाउँपालिका गाउँ, टोल र घर घरमाः स्थानीय सरकार,कार्यक्रम प्रत्यक्ष प्रसारण

शुक्रबार, असार १०, २०७९
0
197

भीमसेन थापा गाउँपालिका , गाेरखा । भीमसेन थापा गाउँपालिकाकाे दशाैँ गाउँसभा आज सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्षकाे अध्यक्षतामा भएकाे  सभामा गाउँपालिका अध्यक्ष लाेक प्रसाद बञ्जराले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमकाे सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रसारण गरिएकाे छ । गाेरखाका पालिकाहरु मध्ये पहिलाे पटक भीमसेन थापा गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेटकाे प्रत्यक्ष प्रसारण गरेकाे हाे ।

ग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका,गाउँ टोल र घर घरमाः स्थानीय सरकार नारा दिएकाे कार्यक्रमलाइ निक्कै महात्वाकाँक्षीका साथ हेरिएकाे छ । पछिल्लाे समय सुस्त गतिमा अघि बढेकाे यस गाउँपालिकाकाे दशाैँ सभामाबाट आएकाे नीति तथा कार्यक्रमले नागरिकहरुमा उत्साह ल्याएकाे छ । नीति तथा कार्यक्रम अनुसार बजेट स्वीकृति समेत आज भएकाे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले बताए ।

गाउँपालिका अध्यक्ष लाेक प्रसाद बन्जराले प्रस्तुत गरेका नीति तथा कार्यक्रमकाे अ‌ङ्श यस प्रकार रहेकाे छ ।

उपस्थित गाउँसभाका सदस्य ज्यूहरु :

यस महत्वपूर्ण घडीमा नेपालको सार्वभौमसत्ता, स्वाधिनता भौगोलिक अखण्डता राष्ट्रिय हित स्वाभिमान लोकतन्त्र र जनजीविकाका लागि भएका महान जनयुद्ध, जनआन्दोलन लगायत संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका बिभिन्न शान्तिपूर्ण आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात महान शहीदहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै घाइते योद्धाहरुको उच्च सम्मान एवंम बेपत्ता योद्धाहरुको स्मरण गर्न चाहान्छु । साथै सहिद परिवारजनमा हार्दिक सम्मान प्रकट गर्दै आन्दोलनको क्रममा घाईते तथा अपांगता भएका सम्पूण योद्धाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

उपस्थित गाउँसभाका सदस्य ज्यूहरु :        

भिमसेनथापा गाउँपालिकाले आगामी आ ब २०७९।०८० को लागि नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, नेपाल सरकारको पन्ध्रौं आवधिक योजना, दिगो विकासका लक्ष्यहरु, प्रदेश सरकारको मार्गदर्शन तथा प्राथमिकताहरु र यस गाउँपालिकाको आवधिक योजना तथा गाउँबासीको माग र आवश्यकतालाई आधार मानी साधन र स्रोतको सिमितताका बाबजुद गाउँबासी आमा वुवा तथा दाजुभाई दिदीबहिनीहरुबाट प्राप्त चाहनाहरुलाई समेट्दै यहाँहरुको चाहना तथा समग्र गाउँपालिकाको शासन, विकास र सेवा प्रवाहका लागि निम्न बमोजिमका नीतिहरु अवलम्बन गरेका छुं ।

पूर्वमा बुढिगण्डकी (आरुघाट बुंकोटघाट), पश्चिमा गोरखा नगरपालिका र दरौदी, उत्तरमा मोतिखोला (आरुघाट गाउँपालिका) र ताल खोला (सुलिकोट गाउँपालिका) दक्षिणमा ज्यादुल खोला (सहिद लखन गाउँपालिका) को बीचमा अवस्थित साविकको मसेल, तान्द्रङ, धावा, बगुवा, अश्राङ्ग र बोलाङ्ग गा.वि.स. लाई नेपालका पहिलो प्रधनमन्त्री बृटिस सामाज्यवाद विरुद्ध लडने स्वाभिमानी योद्धा भिमसेन थापाको गौरवगाथाको उच्च सम्मान गर्दै सोहि भावधारा पछ्याउने गरि भिमसेनथापा गाउँपालिका बनेको हो  ।

नेपाली जनकान्तिको जगमा स्थापित समावेशी, समानुपातिक सहभागिता र भिमसेनथापा गाउँपालिकामा बसोवास गर्ने जाति र समुदाय हेर्दा वडा नं १ मसेलमा ब्राम्हण, क्षेत्री, बराम, नेवार, दलित, वडा न २ तान्द्राङ्ग (सिद्धकाली अमरवस्ती)मा ब्राम्हण, क्षेत्री, दलित, वडा नं ३ तान्द्राङ्गमा ब्राम्हण, क्षेत्री, दलित, बराम र भुजेल, वडा नं. ४ धावामा ब्राम्हण, क्षेत्री, दलित, नेवार, तमाङ्ग वडा नं ५ बगुवामा नेवार, ब्राम्हण क्षेत्री, दलित र बराम, वडा नं ६ अश्राङ्गमा मगर, बाम्हण क्षेत्री, नेवार, दलित र मुश्लीम बडा नं. ७ र ८ बोलाइमा दलित नेवार वाम्हण क्षेत्री, दराई, कुमालको बसोबास रहकोले सबै जातजाति र समुदायमा स्थानीय सरकारको प्रतिनिधित्व पुगेको छ ।

पूर्व पश्चिम मध्य पहाडी लोकमार्ग यसै गाउँपालिकाको वडा नं १, मसेल वडा नं.  २, तान्द्राङ्ग (सिद्धकाली अमरवस्ती) र  वडा नं ३ तान्द्राङ्गको विचबाट गएको छ । यस लोकमार्गले आरुघाटदेखि निवेलसम्मको  विकासको ढोका खुलेको छ । राष्ट्रिय गौरवको बुढिगण्डकी जलविद्युत आयोजनाको सबै भन्दा बढि प्रभाव क्षेत्र आरुघाटदेखि बुङकोटघाटको विचमा  यसै गाउँपालिकाको वडा नं. ३ तान्द्राङ्ग, वडा नं. ४ धावा, वडा नं.  ७ र  ८ वोर्लाङ्ग  पर्दछ । सम्भावित ताल र रिङ्गरोडको आसपासमा एकिकृत र व्यवस्थित वस्ती विकासको  ढोका खुल्दैछ । यो गाउँपालिका केन्द्र वडा नं. ५ वगुवामा मिलनवस्ती एकिकृत वस्ती पुनः निर्माणको काम भइरहेको केन्द्र एवं वडा नं ६ अश्राङ्ग गोरखा नगरपालिका संग जोडिएकोले तीव्र विकासको सम्भावना छ । भौतिक पूर्वाधारलाई हेर्दा गाउँपालिकामा रिङरोड, लिङ्क रोड, वडाका प्राय सबै टोल टोलसम्म मोटरबाटो बिजुली बत्ती र खानेपानी पुगेको छ । यो गाउँपालिकामा ठूलो वन क्षेत्र छ । हरियो वन नेपालको धन भनेझैं गाउँपालिकाले वनको संरक्षण सम्वर्द्धन सँगै वनलाई जनताको आयआर्जन सँग जोड्ने सम्भावना छ । कृषि, पर्यटन, साना तथा मझौला उद्योग व्यवस्थित गर्नसके सबैलाई रोजगारी दिन सकिने छ ।

शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको क्षेत्रमा गुणस्तर काम गर्नु र गरिएका सबै प्रयासहरुलाई प्रविधिमैत्री बनाउँदै पारदर्शी र छिटोछरितो बनाउन प्रयास गरेमा भिमसेनथापा गाउँपालिका ग्रेट स्मार्ट, (छिटोछरितो र सुन्दर) सम्वृद्धि (विकसित अभाव र तनावरहित) हरियाली, स्वच्छ र सुसंस्कृत समाजवाद उन्मुख समाजवादको नमुना योग्य आधारशिला बन्ने प्रचुर सम्भावना युक्त छ । स्थानीय साधन, स्रोत, जनशक्ति, भूमि, श्रम, पुजीँ, यन्त्र, औजार, प्रविधि र बजारको विश्लेषण, विकास र व्यवस्थापनमा क्रान्तिकारी सोच र नेतृत्व आजको आवश्यकता भएकोले वर्गसंघर्षमा यस क्षेत्र र तपाईं हामीले प्रदर्शन गरेको श्रेष्ठता समाजवादको आधार तयार पार्न र भिमसेनथापा गाउँपालिकालाई साच्चै ग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समृद्धि र सुसंस्कृत नमुना गाउँपालिका बनाउन तपाई हामी स्थानीय सरकारका सबै तहका प्रतिनिधिहरू यस क्षेत्रको बिज्ञ विशेषज्ञ र आम जनसमुदाय केन्द्रित हुनुपर्छ र अब संकल्प गरौँ हामीले नगरे कसले गर्ने ?  अहिले नगरे कहिले गर्ने ? एकले थुकी सुकी सयले थुकी नदी भने जस्तै त्याग तपस्या र वलिदानको नयाँ आयमको सुरुवात गर्न अनुरोध गर्दछु ।

गाउँसभाका सदस्य ज्यूहरु :

अब म आगामी आर्थिक बर्ष २०७९/०८० को गाउँपालिकाको नीति तथा कार्यक्रम यो गरिमामय गाउँसभा पेश गर्ने अनुमती चाहान्छु । गाउँटोल घरघरमा स्थानीय सरकारको प्रत्याभूति गराउदै भिमसेनथापा गाउँपालिकालाई ग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध, समाजवाद उन्मुख नमुना गाउँपालिका वनाउने संकल्प सहित निम्न वमोजिमका नितिहरु अवलम्वन गरेको छु ।

१. शिक्षा सम्बन्धी नीति

  • विद्यालयहरुमा विद्यार्थी संख्या भूगोल र तह अनुसार आवश्यक शिक्षक दरबन्दी व्यवस्था गरिनेछ ।
  • पालिका भित्र मेगा विद्यालय सञ्चालन गर्न विद्यालय मर्जर कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • बालविकास सहयोगी कार्यकर्ता, विद्यालय सहयोगी र विद्यालयका लेखा कर्मचारीहरूलाई स्थानीय तहबाट प्रदान भइरहेको सेवा सुविधामा थप प्रोत्साहित गरिनेछ ।
  • विद्यार्थीहरुको सिकाइलाई प्रविधिमैत्री बनाउन राष्ट्रपति शैंक्षिक सुधार कार्यक्रमका अलावा गाउँपालिका अध्यक्ष प्रविधिमैत्री विद्यालय कार्यक्रम शुरु गरिनेछ ।
  • विद्यालय नर्स कार्यक्रमलाई परिक्षणका रुपमा शुरुवात गरिनेछ । विद्यार्थीहरुको नियमित स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइनेछ ।
  • प्रधानाध्यापकहरुको नियमित बैठक गरि विद्यालयको गतिविधिहरु आदानप्रदान गर्ने व्यवस्था मिलाईनेछ ।
  • संगित र मनोरञ्जन तथा योग, व्यायाम र खेलकुदका माध्यमबाट विद्यार्थीहरुमा अतिरिक्त क्रियाकलाप सञ्चालन र सिकाइ सुदृढिकरण गर्न घुम्ती शिक्षक करारमा नियुक्त गरि परिचालन गरिनेछ ।
  • गैरसरकारी संघसंस्थाहरूसँगको साझेदारीलाई थप प्रोत्साहित गरि वालविकास केन्द्र तथा विद्यालयहरुलाई नमुना सिकाइ केन्द्रका रुपमा व्यवस्थापन गर्दै लगिनेछ ।
  • विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई समयानुकुल तालिम, प्रशिक्षण र गोष्ठिमा सहभागी गराइनेछ।
  • सामुदायिक सिकाइ केन्द्रहरुलाई थप सबलीकरण गरि जनचेतना संस्कृति संरक्षण र समुदाय परिचालनमा प्रयोग गर्न प्रेरित गरिनेछ ।
  • विद्यालय नक्सांकन र दरबन्दी मिलान कार्यलाई वैज्ञानिक र व्यवस्थित गर्दै निरन्तरता दिइनेछ । विद्यालयहरुमा स्थायी प्रधानाध्यापक नियुक्ति प्रकृया प्रारम्भ गरिनेछ । नियुक्त प्रधानाध्यापकहरुलाई कार्यसम्पादन करार गरि सिकाइ उपलब्धि वृद्धि गरिनेछ ।
  • विद्यालयका शिक्षक तथा कर्मचारीहरुको तलबभत्ता मासिक रुपमा भुक्तानी दिने व्यवस्था मिलाइनेछ ।
  • कक्षा ३ र ५ मा स्तरमापन परीक्षालाई निरन्तरता दिइनेछ । उत्कृष्ट नतिजा प्रदर्शन गर्ने विद्यालय, शिक्षक र विद्यार्थीलाइ पुरस्कृत गरिनेछ ।
  • बालविकासदेखि कक्षा १–६ मा अध्ययनरत विद्यार्थीहरूका लागि सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रमलाई थप प्रोत्साहित गरिनेछ ।
  • अध्यक्षसँग प्रत्यक्ष विद्यार्थी संवाद कार्यक्रम सञ्चालन गरिनेछ । यस मार्फत विद्यालय उमेरका वालवालिकाहरुलाई असल मार्गमा लाग्न र स्थानीय सरकारका प्रतिनिधिसँग एकआपसमा परिचित गराई असल मार्गमा लाग्न प्रेरित गरिनेछ ।
  • स्थानीय शिक्षा ऐन तथा नियमावली तयार गरि कार्यान्वयनमा ल्याईनेछ ।
  • असल अभ्यास, उच्च सिकाई उपलब्धी भएका विद्यालय र कम सिकाइ उपलब्धी भएका विद्यालयहरुका बीच अन्तरक्रिया गरिनेछ । स्थलगत अनुगमन गरि सिकाइ उपलब्धी बृद्धि गर्न आवश्यक पृष्ठपोषण प्रदान गरिनेछ ।
  • शिक्षकहरुलाई विषयमा आधारित लघु अनुसन्धान गर्न प्रेरित गरिनेछ ।
  • विषयगत शिक्षकहरुको रोष्टर निर्माण गरि तालिम सञ्चालन तथा शैंक्षिक कार्यपात्रो र सिकाइ सामग्री निर्माण एवम् प्रयोग सुनिश्चित गरिनेछ ।
  • शिक्षकहरुलाई सिकाइमा बिताउने समय र हासिल गरेको नतिजाको आधारमा प्रोत्साहन गरिनेछ ।
  • शिक्षामा सिकाउ, बिकाउ र टिकाउको नीति अबलम्बन गरि व्यवस्थापनमा जोड दिइनेछ ।
  • स्थानिय पाठ्यक्रम निर्माण कार्यलाई निरन्तरता दिई शिक्षकहरुलाई अभिमुखिकरण गरिनेछ । यस आ. ब. मा कक्षा १–३ का लागि भिमसेनथापाको सेरोफेरो नामक स्थानिय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरिनेछ ।
  • राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता कार्यक्रमका माध्यमबाट विद्यार्थीहरुको आचारण सुधार गर्न, स्वस्थ जीवनशैली निर्माण गर्न र प्रतिस्पर्धी भावना विकास गर्न कार्यक्रम सञ्चालन गरिनेछ ।
  • विद्यालय निरीक्षण तथा अनुगमनलाई प्रभावकारी बनाईनेछ ।
  • शिक्षा, युवा तथा खेलकुद शाखाको उचित व्यवस्थापन गरिनेछ ।
  • साक्षर भिमसेनथापा अभियान मार्फत वित्तिय साक्षरता र IT साक्षरता कार्यक्रम लागु गरिनेछ।
  • विद्यालयहरुलाई आवश्यक मात्रामा निशुल्क स्यानिटरी प्याड उपलब्ध गराइनेछ ।
  • विषयगत, तहगत र विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी न्युन भएका विद्यालयहरूलाई शिक्षक व्यवस्थापनका लागि थप अनुदानको व्यवस्था गरिनेछ ।
  • विद्यालय सुधार योजना निर्माण गर्न अभिमुखीकरण तालिम सञ्चालन गरिने छ र आ.व. २०७९।८० मा विद्यालय सुधार योजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।
  • विद्यालय सरसफाई एवं फोहोरमैला व्यवस्थापन, स्वच्छ खानेपानीको व्यवस्था, प्लाष्टिक जन्य वस्तु निषेधित क्षेत्र घोषणा, अपाङ्ग तथा बालमैत्री, किशोरकिशोरी मैत्री शौचालय निर्माण तथा एक विद्यालय एक बगैचा कार्यक्रमलाई कार्यान्वयन गरिनेछ ।
  • विद्यार्थीलाई समयानुकूल गुणस्तरिय शिक्षा प्रदान गर्न र प्रबिधिमैत्री शिक्षण सिकाइमा जोड दिइनेछ ।
  • प्रत्येक विद्यालयमा कम्तिमा एक ल्यापटप, एक प्रोजेक्टर, एक स्मार्ट बोर्ड, एक प्रिन्टर मेशिन तथा फोटोकपि मेशिनको उपलब्धता सुनिश्चित गरिनेछ । शिक्षकलाई प्रविधिमैत्री बनाउन एक– शिक्षक एक ल्यापटप नीति बनाई अवलम्वन गरिनेछ ।
  • नीजि स्रोत शिक्षक व्यवस्थापनमा एकमुष्ट अनुदान सहित प्रभावकारी नियमको व्यवस्था गरिनेछ ।
  • निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीलाई व्यवस्थित गर्न कक्षा १–३ को एकिकृत पाठ्यक्रममा आधारित मूल्याङ्कन पुस्तिकाको छपाइ, वितरण र प्रयोग सम्बन्धि अभिमुखिकरण तालिम उपलब्ध गराइनेछ ।
  • शैंक्षिक गुणस्तर सुधारका लागि अभिभावक सचेतना कार्यक्रम बनाइ लागू गरिनेछ ।
  • कम्प्यूटर विषय अध्यापन गर्ने विद्यालयका शिक्षकहरुलाई आइ सिटी सम्बन्धी छोटो अवधिको तालिम सञ्चालन गरिनेछ ।

रातो बङ्गला फाउन्डेसनको साझेदारीमा वालकक्षामा शैंक्षिक सामग्री सहितको टेलिभिजनको व्यवस्था गरिनेछ ।

  • पुर्वप्राथमिक तहका प्रत्येक विद्यालयमा फनपार्क निर्माणको थालनी गरिनेछ ।
  • घेराबार सहितको सुरक्षित हरित विद्यालय निर्माणमा प्रेरित गरिनेछ ।
  • अन्तर बिधालय भ्रमण, नमुना विद्यालय अवलोकन भ्रमण कार्यक्रम, शैक्षिक सामग्री प्रर्दशनी तथा अतिरिक्त क्रियाकलाप संगै विद्यालय मितेरी कार्यक्रम सञ्चालन गरिनेछ ।
  • प्राविधिक बहुप्राविधिक शिक्षामा प्राथिमिकता दिई थप लगानीलाई प्रोत्साहित गरिनेछ ।
  • प्रधानाध्यापक र विद्यालयहरुलाई शैंक्षिक उपलब्धिका आधारमा पुरस्कृत गरिने नीति लिइनेछ ।
  • शिक्षा दिवसको अबसरमा विशेष कार्यक्रम आयोजना गरि कक्षा ८, १० र १२ मा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यालय विषयगत शिक्षक तथा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिनेछ ।
  • अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ्शील्ड कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरि कार्यक्रम सञ्चालन गरिनेछ ।
  • पालिका भित्र रहेका प्राविधिक शिक्षाको पठनपाठन सञ्चालन भइरहेका तथा शिक्षामा बिशेष योगदान पु¥याइ रहेका बिधालय तथा क्याम्पसलाई अनुदानको व्यवस्था मिलाइनेछ ।
  • परीक्षा प्रणालीलाइ सुधार गर्न प्रश्न बैंकको निर्माण कार्य अघि बढाइनेछ ।
  • चिल्ड्रेन अफ माउन्टेन संस्थासँगको साझेदारीमा गणित विषयमा शैंक्षिक उपलब्धि अभिवृद्धि गर्न गणित ल्याव तथा शिक्षक तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।
  • विद्यालयहरुको शैंक्षिक गुणस्तर अभिवृद्धि गर्न नमुना कक्षा अनुभव आदानप्रदान कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • प्राथमिक तहमा शैक्षिक सामग्री निर्माणका कार्यक्रम लागु गरिनेछ ।
  • विज्ञान संकाय तथा प्राविधिक धारमा अध्ययन गर्न चाहने विपन्न वर्गका विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष बिशेष छात्रवृति कार्यक्रम लागू गरिनेछ ।
  • गाउँपालिकाको कुनै एउटा विद्यालयलाई नमुना ICT Hub को रुपमा विकास गरिनेछ ।
  • गाउँपालिका भित्रका विद्यालयलाई बालमैत्री बनाई बालमैत्री विद्यालय गाउँपालिका घोषणा गरिनेछ ।
  • अंग्रेजी माध्यमबाट पठनपाठन गर्न शिक्षकहरुलाई आवश्यक तालिमको व्यवस्था गरिनेछ ।
  • गाउँपालिका अध्यक्ष रनिङ्शिल्ड प्रतियोगिता कार्यक्रम सञ्चालन गरिनेछ ।
  • विद्यार्थीमा असल आचारण निर्माण स्वस्थ जिवनशैली र सामाजिक भावना जागृत गर्न विद्यालय स्काउट रेडक्रस कार्यक्रम लागु गरिनेछ ।
  • प्रत्येक विषयको पालिकास्तरिय विषयगत समिति निर्माण गरि शिक्षकहरुको विषयगत क्षमता अभिवृद्धि गर्ने कार्यक्रम ल्याइनेछ ।
  • दुल्लभ बहुमुखी क्याम्पसलाई गुणस्तरिय बनाउन पहल गरिनेछ ।
  • भिमसेनथापा बहुप्राविधिक शिक्षालयको स्थापना र कक्षा सञ्चालन प्रक्रिया अघि बढाइने छ ।
  • उपाध्यक्ष शिक्षा कार्यक्रम संचालन गरिनेछ ।
  • विद्यालयहरुमा करियर काउन्सिलिङ कक्षाहरु सञ्चालन गरिनेछ ।
  • विधार्थीहरुलाई योग व्यायाम ध्यान लगायतमा जागरुक बनाउन घुम्ति योग शिविर सञ्चालन गरिने छ ।
  • विद्यार्थीहरुलार्ई श्रम र उत्पादनसँग जोड्ने नीति लिइनेछ ।
  • गरिब, बिपन्न, दलित पछाडी परेका समुदाय तथा असहायहरुलाई श्रमशिल र रोजगारीका लागि प्राथामिकता दिई शिक्षक, विद्यार्थीहरूको माझमा उत्पादन, रोजगार र समृद्धिको अभियान सञ्चालन गरी श्रममा जोड्ने कार्य अघि बढाइनेछ ।
  • श्रमको सम्मान, उत्पादनको महत्व दर्शाउने गीतसंगीत र साहित्यिक रचनाहरू तयार गर्ने र त्यसको लागि सर्जक, लेखक, कलाकार, सञ्चारकर्मी लगायतलाई जोड्ने नीति अबलम्बन गरिनेछ । जमिनको बहुपक्षीय प्रयोगका साथै कृषि उत्पादनमा आधारित उद्योगहरू स्थापना गर्ने, कृषि सहकार्य समूह, कृषि भोलेन्टियर, श्रम सहकारी र कृषि कम्पनीहरू बीचको सहकार्यमा जोड दिइनेछ । भान्सामा सुधार, आवासको स्तरोन्नती, स्वच्छ खानेपानी, सरसफाईमा जोड दिने, वातावरण मैत्री उत्पादन अभियान चलाउने, उन्नत जात, आधुनिक कृषि प्रविधि तथा व्यावसायिकताका साथै स्थानीय बालीको संरक्षण र बजारीकरणमा समेत जोड दिइनेछ । कृषि र कृषिमा आधारित उद्योग, गरिबीको अन्त्य, रोजगारी सृजना र कृषि उपजको संकलन भण्डारण, बजारीकरण र प्रशोधन सम्बन्धी सचेतना विद्यालय स्तरवाट गरिनेछ ।

२. स्वास्थ्य सम्बन्धी नीतिहरु :

  • जेष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त र निम्न आय भएका नागरिकहरुका लागि मासिक रुपमा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सन्चालन गरिनेछ ।
  • महिला स्वास्थ्य स्वयसेविकाहरुका लागि निशुल्क बिमा कार्यक्रम लागू गरिनेछ । महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकहरुको सेवाको उच्च मूल्याङ्कन गर्दै प्रोत्साहन गर्दै पुरस्कृत गर्ने नीति अबलम्बन गरिनेछ
  • जटिल प्रकृतिका बिपन्न तथा असाहाय एवम जेष्ठ नागरिक बिरामीको उपचार, गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्य परीक्षण र सुत्केरी सेवाका लागि अस्पताल आउजाउ गर्न एम्बुलेन्स सेवा निशुल्क गरिनेछ ।
  • बर्थिङ सेन्टर सन्चालन भएका स्वास्थ्य चौकीहरुमा सुत्केरी तथा कुरुवाहरुका लागि बसाइ सहजताका लागि प्रतिक्षा कक्ष (आमाघर कार्यक्रम) सन्चालन गरिनेछ ।
  • स्वास्थ्य चौकीहरुमा भौतिक अबस्था सुधार लगायत प्रयोगशाला बिस्तार गरिनेछ । सन्चालित प्रयोगशालाहरुको क्षमता बृद्दि गरिनेछ ।
  • स्वास्थ्यकर्र्मीहरुको क्षमता अभिबृद्दि कार्यक्रम सन्चालन गरिनेछ । स्वास्थ्य सस्थाहरुबाट प्रदान गरिएका सेवाहरुको रेकर्ड राख्ने र प्रतिबेदन गर्ने कार्यलाइ ब्यवस्थित बनाइनेछ ।
  • नागरिकहरुमा स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि अश्राङ र खाञ्चोक स्वास्थ्य चौकीमा कम्तिमा १÷१ जना चिकित्सकको ब्यबस्था गरि सबै वडामा चिकित्सकिय सेवा प्रदान गर्ने ब्यबस्था मिलाइनेछ ।
  • बृद्धाश्रममा रहेका बृद्धबद्धाहरुको नियमित स्वास्थ्य परिक्षणको ब्यबस्था मिलाइने र स्वास्थ्य बिमामा लाग्ने शुल्क भुक्तानीको ब्यबस्था मिलाइनेछ ।
  • गाउँपालिका भित्र सञ्चालित गाउँघर क्लिनिक र खोप क्लिनिकहरुलाई ब्यवस्थित गरि गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक ब्यबस्था मिलाइनेछ ।
  • गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थामा मासिक रुपमा दक्ष जनशक्तीबाट गर्भवती महिलाको निशुल्क भिडियो एक्सरे गर्ने कार्यलाई ब्यबस्थित गरि निरन्तरता दिइनेछ ।
  • सुनौलो १००० दिन भित्रका आमा तथा बाल बालिकाहरुको पोषण अबस्थामा सुधार गर्न गर्भवती सुत्केरी तथा २ बर्ष मूनिका बाल बालिकाहरु र किशोरीहरुको लागि बिशेष पोषण कार्यक्रम सञ्चालन गरिनेछ ।
  • बिषादीको असुरक्षित प्रयोगले मानब स्वास्थ्यमा पारेको प्रतिकूल असरलाई न्यूनिकरण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
  • पछिल्लो समयमा बढ्दो मुटु रोग, मृगौला रोग ,क्यान्सर लगायतका घातक रोगहरुको समयमै पहिचान र निदान गरि उपचारको दायरमा ल्याउन तथा थप बिग्रन नदिन रोगहरुको स्क्रिनिङ गर्न बिशेष कार्यक्रम तथा शिविर सञ्चालन गरिनेछ ।
  • आखाँका समस्याहरुको पहिचान र निदान गर्न विभिन्न संघसंस्थासँग समन्वय गरी समुदाय स्तरमा नै पुगेर आँखा जाँच शिविर र क्याम्प सन्चालन गरिनेछ ।
  • बैकल्पिक चिकित्सा (आयुर्बेद, प्राकृतिक चिकित्सा,योग शिक्षा आदि) प्रबर्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
  • वडा नं ८ र २ मा निर्माणाधिन आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको निर्माण कार्य आ.व ०७९।०८० भित्र सम्पन्न गरी गुणस्तरीय सेवा प्रदान गर्ने ब्यबस्था मिलाइनेछ ।
  • गा.पा भित्र रहेका एम्बुलेन्सहरुलाई ब्यवस्थित रुपमा सञ्चालन गरिनेछ ।
  • अश्राङ स्वास्थ्य चौकीको स्तरोनन्ती गरि आधारभुत अस्पताल सञ्चालनका लागि १० शैयाको अस्पताल भवन निर्माण कार्य प्रारम्भ गरिनेछ ।
  • बर्तमान स्वास्थ्य सेवाको अबस्थालाई थप सबल बनाउन महिला स्वास्थ्य स्वयमसेविकाको भूमिका बढाउनुको साथै सचेतनामुलक गतिविधि सञ्चालन गरिनेछ ।
  • ५ बर्ष मूनिका बालबालिकाहरुको कुपोषण दरलाई शून्य बनाउने नीति लिइनेछ ।
  • किशोरीहरुमा हुने कुपोषण र रक्तअल्पता जस्ता रोगको निराकरण गर्न बर्षमा कम्तीमा २ पटक किशोरीहरुको बिशेष कार्यक्रम सन्चालन गरिनेछ । किशोरीहरुका लागि आइरन कार्यक्रमलाई थप प्रभाबकारी बनाइनेछ ।
  • स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड कार्यक्रमले निर्दिष्ट गरेका सूचकहरुलाई पुरा गर्न आवश्यक बजेट तथा सामाग्रीको ब्यबस्था गरि गुणस्तरीय स्वास्थ्य सेवाको सूनिश्चितता गरिनेछ ।
  • बिशेषज्ञ सहितको शिविर सञ्चालनका लागि नीजि तथा गैह्रसरकारी सङ्घ संस्थासग सहकार्य गर्ने नीति अबलम्बन गरिनेछ ।
  • सबै नागरिकहरुलाई स्वास्थ्य बिमामा आबद्ध गरि उपचार सेवाका लागि हुने ब्ययभार कम गराउने नीति अबलम्बन गरिनेछ । सहिद वेपत्ता परिवार अपाङ्ग घाइते तथा निम्न आय भएका परिवारको स्वास्थ्य विमा गराउन विशेष योजना वनाई कार्यान्वयन गरिनेछ ।
  • हरेक स्वास्थ्य सस्थामा बैकल्पिक उर्जाको ब्यबस्था गरि चौबिसै घण्टा बिद्युत सुनिश्चितता गरिनेछ ।
  • हरेक बर्ष उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गर्ने नीति लिइनेछ ।

३. कृषि सम्बन्धी नीति :

  • कृषि क्षेत्रलाई थप उत्पादनमुखी र रोजगार मुलक बनाई नागरिकको जीवनस्तर उकास्न कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकिकरण र व्यवसायिकरणलाई जोड दिदै आत्मनिर्भरता तर्फ उन्मुख गराईनेछ ।
  • माटोको उर्बराशक्तिलाई जोगाई राख्न माटो उपचार गर्ने प्रबन्ध मिलाईने छ । साथै माटो परिक्षणको लागि किटबक्स तथा मोबाईल घुम्ति शिविरबाट माटो परिक्षण सेवा नियमित रुपमा गर्ने व्यवस्था मिलाइने छ ।
  • पालिका भित्र विषादी प्रयोगमा न्यूनिकरण गरि वातावरण अनुकुलनमा टेवा पुर्याउने र प्राङ्गारिक खेतीलाई प्रोत्साहन दिईनेछ ।
  • भौगोलिक हावापानी र माटो सुहाँउदो तरकारी बाली, फलफूल, खाद्यन्न, नगदे, बाली प्रर्बद्धन कार्यक्रममा विशेष प्राथमिकता दिईनेछ ।
  • कृषि उत्पादनमा लागत न्यूनिकरण गर्न यान्त्रिकरण तथा साना सिंचाई कार्यक्रमलाई निरन्तरता दिईने छ । गुणस्तर र उत्पादकत्वमा वृद्धि गर्न मौसमी तथा बेमौसमी तरकारी, खाद्य बाली लगायतका बालीहरुको गुणस्तरीय विउ विजन वितरण गरिने छ ।
  • विपद् व्यवस्थापन, आकास्मिक हुने क्षति, प्रकोप रोग किरा नियन्त्रण गर्न तथा स्वस्थ वाली, विरुवा उत्पादन गर्न नर्सरी व्यवस्थापन र सुदृढीकरणमा जोड दिइने छ ।
  • कृषि क्षेत्रलाई थप प्रभावकारी बनाउन कृषक समूह, कृषि सहकारी, कृषि फर्म, कृषि उद्यमी, व्यावसायिक कृषकहरुलाई उत्पादनमा आधारित प्रोत्साहन तथा पुनर्ताजकी कार्यक्रम लागु गरिनेछ ।
  • गाउँपालिकालाई ५ वर्ष भित्रमा फलफूल, तरकारी र खाद्यान्नमा आत्मनिर्भर बनाउन रणनीति तयार कार्यक्रम संचालन गरिनेछ ।
  • कफी खेती र अमिलो जातका फलफुल खेतीको सम्भावना बोकेका क्षेत्र पहिचान गरी फलफुल खेतीमा प्राथामिकता दिइने छ त्यस्ता खालका बेर्ना उत्पादनका लागी नर्सरी खेतीलाई जोड दिइनेछ ।
  • बाली बीमा कार्यक्रमलाई प्राथमिकता दिई पूर्ण बाली विमा तर्फ उन्मुख गराइने छ ।
  • बेरोजगार, युवाहरुलाई स्वरोजार तथा व्यवसायिक उद्यमी बनाउन बैकं तथा वित्तीय संस्थाहरुसँग समन्वय गरि सरल कर्जा (क्रेडिड कार्ड) मार्फत उद्यमशिलतामा जोड दिइने छ ।
  • प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यक्रमलाई निरन्तरता दिइने छ । साथै एक वडा एक उत्पादन पकेट कार्यक्रमलाई प्रभावकारी बनाईने छ ।
  • कृषि तथ्याङ्क संकलन गरी किसान सूचिकरण कार्यलाई प्राथमिकता दिईनेछ ।
  • गाउँपालिका भित्रका सवै वडाहरुमा कृषि संकलन केन्द्र निर्माण गरी संकलित कृषि उपजको बजार व्यवस्थापन गर्न कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइनेछ । बजार व्यवस्थापनका लागि संघ र प्रदेश सरकारसंग समन्वय गरिनेछ ।
  • आबश्यकता पहिचान गरि पालिका भित्र कृषि हाटबजार व्यवस्थापन तथा सञ्चालन गरिनेछ ।
  • प्रदेश सरकारसँग समन्वय गरी बाँझो जग्गा जमिनमा खेती गर्र्न कृषकलाई प्रोत्साहन गरिनेछ । साथै बहुउपयोगी विरुवा रोपण कार्यक्रमलाई जोड दिइनेछ ।
  • प्रयोगमा नआएका जग्गा जमिनलाई चाक्लाबन्दी, पकेट क्षेत्र, क्लष्टर बनाई कृषिको लागि प्रयोग गरिने छ ।
  • खाली जमिनलाई खेर जान नदिन सघन खेती प्रणालीका माध्ययमबाट कृषि उत्पादन गर्ने रणनीति कार्यान्वयनमा जोड दिइने छ ।
  • सार्वजनिक नीजि खाली जमिन, वनक्षेत्र, सडक तथा राजमार्गको किनारा, सार्वजनिक सरकारी जमिनमा फलफुल र अन्य विरुवा रोप्ने र संरक्षण गर्ने कार्यक्रम अभियानको रुपमा सञ्चालन गरिनेछ ।
  • कृषकलाई मल, बिउ र प्राविधिक सेवा उपलब्ध गराईने छ । माटोको प्रकार गुणस्तर, हावापानी अनुकुल खेती गर्न प्रोत्साहन गरिनेछ । प्राविधिकहरु खेतबारीमा पुगी कृषि सम्बन्धी सेवा दिने व्यवस्था मिलाईनेछ ।
  • फलफुल तथा तरकारी भण्डारका लागी चिस्यान केन्द्र स्थापना गर्न आवश्यक पहल गरिने छ । दुध संकलन तथा भण्डारणका लागी चिलिङग केन्द्र स्थापनाका लागि आबश्यक पहल गरिने छ ।
  • कृषि ज्ञान तथा प्रविधि हस्तान्तरणमा जोड दिईने छ । स्थानीय प्रजातिका धान मकै, कोदो, कोसेवाली लगायतका अन्नहरुको संरक्षणको लागि जीन बैंकसँग आवश्यक सहकार्य गरिने छ ।
  • एक घर एक मौरी घारको नीति अवलम्बन गरिने छ ।
  • कृषि तथा पशुपंक्षी जन्य प्राकृतिक प्रकोप तथा महामारी रोग नियनत्रण सम्वन्धमा रोकथाम तथा नियन्त्रणको नीति अवलम्वन गरिने छ ।
  • साना खालका चिलिङ मेशिनहरु अनुदानमा वितरण गर्ने नीति अवलम्वन गरिने छ गोलभेडा तथा फलफूल एवं अन्य कृषिजन्य वस्तुहरुको प्रशोधनको व्यवस्था मिलाउन प्रशोधन केन्द्र स्थापना तथा सञ्चालनको लागि आवश्यक पहल गरिने छ ।
  • बाँदर नियन्त्रणका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने छ ।
  • कृषि पकेट क्षेत्र छनौटमा वैज्ञानिक विधी अवलम्बन गरिने छ । साथै पकेट क्षेत्रको विकासमा विशेष पहल गरिने छ ।
  • कृषि शाखालाई स्तरोन्नती गरी कृषि सेवाका आबश्यक जनशक्ति थप गरिने छ ।
  • महिलामैत्री कृषि उपकरणहरु प्रयोगमा ल्याई महिलाहरुलाई कृषि मार्फत आर्थिक सशक्तिकरणमा लगिने छ ।
  • एकल महिला तथा महिला घरमुली भएका परिवारलाई विशेष प्राथमिकतामा राखिने छ ।
  • किसानहरुलाई तत्कालको लागि मात्र नभएर आफ्नै उत्पादन मार्फत संस्थागत गर्दै पेन्सनको रूपमा उपयोग गर्ने गरी बचत योजना सञ्चालन गरिने छ ।
  • कृषि पेशालाई सम्मानित बनाउदै कृषि क्षेत्रमा थोरै श्रम गरेर बढी उत्पादन लिन सकिने गरी नयाँ नयाँ प्रविधिको प्रयोग गरिनेछ । किसानको श्रमको कारणले नै बौद्धिक श्रम गर्नेहरूले पनि ऊर्जा प्रदान गर्न सक्ने बातावरण निर्माण गरिनेछ । किसानहरूलाई बढीभन्दा बढी फाइदा हुने गरी उत्पादन कार्यमा जोड दिइनेछ । बाली लगाउँदा, हुर्काउदा, संरक्षण गर्दा सहज रूपमा गर्न सक्ने गरी योजना र कार्यक्रम तय गरिनेछ ।
  • हरेक पाँच परिवारको सहभागिता रहने गरी कृषि सहकार्य समूह गठन गरिनेछ । ती समूहहरू पालिकामा दर्ता गर्ने, समूहको स्थायी लेखा नम्बर लिने, सहुलियतपूर्ण ऋण उपलब्ध गराउन पहल गरिनेछ ।
  • आफ्नो समूहको लागि आवश्यक पर्ने ऋण बढीमा १० लाखसम्मका लागि बैंकको प्रक्रिया अगाडि बढाउने, ऋण तिर्ने भाका, ब्याजदर बारे आवश्यक जानकारी लिने दिने व्यवस्थामा पहल गरिनेछ । समूहले ऋणको सदुपयोग गर्ने गरी छलफल चलाइने छ । ऋण तोकिएको आयोजना भन्दा बाहिर प्रयोग हुन दिइने छैन र त्यसका लागि स्थानीय सरकारले सहजीकरण गर्नेछ । त्यस्ता कार्य समुहका लागी प्राविधिक सहयोग, तालिम तथा कार्यमा सहयोग गरिनेछ ।

ड्ड उत्पादनको आयोजना, पशुपालन (दुग्ध तथा मासु), मसलाबाली, फलफूल खेती, जडीबुटी, बिउबिजन, र अन्य उच्च मूल्यका बाली लगाउने नीति लिईनेछ । त्यसमा आधारित उद्योगहरू सञ्चालन गर्न प्राविधिकहरू समेतको सल्लाहमा योजना निर्माण गरिने छ । यसको लागि आफूसँग भएको जमिन उपयोग गर्न, वन जंगल, श्रमशक्ति, आफूसँग भएको पुँजीको सदुपयोग गर्न र खेर गएका जमिनको पुर्नउपयोग गर्ने गरि पुर्नउत्पादन कार्यक्रम सञ्चालन गरिने छ ।

४. पशु विकास सम्बन्धी नीतिः

  • पशुसेवा शाखाको लागी कार्यालय व्यवस्थापन तथा आवश्यक न्युनतम कर्मचारीको व्यवस्था गरिनेछ ।
  • पशुहरु बस्तुका लागि पालिकाले उपलब्ध गराउनु पर्ने आवश्यक औषधी तथा उपकरणको व्यवस्था गरिनेछ ।
  • पशुहरुमा लाग्ने विभिन्न माहामारी जन्य रोगको भ्याक्सिन व्यवस्था मिलाइनेछ ।
  • बाख्रा तथा भैसीको पकेट क्षेत्र घोषणा गरि आवश्यक माउ, प्रविधि र व्याडको व्यवस्था गरिनेछ ।
  • मध्य पहाडी लोकमार्ग दुग्ध करिडोरको व्यवस्था मिलाइने छ ।
  • घाँसको आधुनिकिकरण गर्न एक उन्नत घाँस विकास स्रोत केन्द्र स्थापनाका लागि आवश्यक पहल गरिनेछ । नीजि बाँझो जग्गा पोषिलो घाँस खेतीका लागि कृषकहरुलाई घाँसको बिउ, बिरुवा उपलब्ध गराइनेछ । तथा आबश्यक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने छ ।
  • पशु वीमा कार्यक्रम तथा पशुको पूर्ण खोप अभियानलाई निरन्तरता दिईनेछ ।
  • उत्कृष्ट व्यवसायिहरुलाई पुरस्कृत गरिनेछ । साथै उत्पादनको आधारमा कृषकहरुलाई प्रोत्साहन रकम उपलब्ध गराईने छ ।
  • पशु घुम्ति शिविरको व्यवस्था गरि घर घरमा पशु स्वास्थ्य उपचारको व्यवस्था मिलाइने छ ।
  • प्राकृतिक तथा कृतिम प्रकृयावाट पशुको नश्ल सुधार गरिनेछ ।
  • भेटेरिनरी सेवालाई थप प्रभावकारी बनाउन एक पालिका एक भेटेरिनरी डाक्टरको व्यवस्थापन गरिने छ ।
  • एक वडा एक पशु प्राविधिक -OWOT) को व्यवस्था क्रमसः मिलाइने छ ।
  • छाडा कुकुरहरुको बन्ध्याकरणको व्यवस्था मिलाईनेछ ।
  • पशुपालन व्यवसायलाई थप प्रोत्साहन गर्न कृतिम गर्भाधान मिसन कार्यक्रम संचालन गरिनेछ ।

५. उद्योग सम्बन्धी नीति :

  • औद्यागिक ग्राम निर्माणको कार्यलाई अगाडी वढाइनेछ ।
  • स्थानीय स्रोत साधनको उपयोग गरी कृषि तथा गैरकृषि उत्पादन, प्रशोधन, रोजगारी सिर्जना र स्थानीय समृद्धिको आधारको रुपमा लघु, घरेलु, साना तथा मझौला उद्यमहरुलाई अभियानको रुपमा विस्तार गर्न अभिप्रेरित गरिनेछ ।
  • स्थानीय वस्तुको उपभोग गरौ, र उत्पादनलाई प्रोत्साहन गरौ भन्ने अभियान सञ्चालन गरी कृषिजन्य वस्तुको प्रशोधन उद्योग स्थापना गरिनेछ ।
  • घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनमा जोड दिईने छ ।
  • स्थानीय कच्चा पदार्थमा आधारित उद्योगको स्थापना गर्न प्रोत्साहन गरिने छ ।
  • स्थानीय कच्चा पदार्थमा आधारित लघु तथा घरेलु उद्यम प्रर्वद्धन गर्न सीपमूलक तालिम व्यवस्था गरी उत्पादित वस्तुको वजारीकरणको व्यवस्था गरिनेछ ।
  • रोजगार सूचना केन्द्रमा अद्यावधिक गरी बेरोजगार व्यक्तिहरुमा रहेको सीप वा जनशक्तिलाई स्थानीय तह भित्र उपलब्ध हुने निर्माण सेवा व्यवसाय उद्योग कृषि लगायत क्षेत्रमा रोजगारदातासँग समन्वय गरी रोजगारी प्रदान गर्न सहजीकरण गरिनेछ ।
  • जनताको समृद्धि सहित आत्मनिर्भर गाउँ बनाउने, स्थानीय उत्पादन र उत्पादनमा आधारित उद्योगहरू स्थापना गर्ने, उत्पादित वस्तुको बजारीकरण मार्फत रोजगारी सिर्जना गर्ने, बेरोजगारीको अन्त्य गर्दै जनताको प्रतिव्यक्ति आयमा बृद्धि गर्दै र गरिबी निवारण गर्ने दिशामा अघि बढाईनेछ ।
  • स्थानीय जनसमुदायले सुरू गरेका उद्योगहरू, सहकार्यका प्रयासहरू, सहकारी लगायतका नयाँ संरचनाहरूलाई व्यवस्थित र सुदृढ गरिनेछ ।
  • जमीनको चक्लावन्दी भूमिबैक, श्रमवैकको स्थापना र संचालन वा एकिकृत विकासको मोडालिटीमा आम जनसहभागिता मार्फत नयाँ ढंगले परिवर्तन र विकासको ढोका खोलिनेछ ।
  • औद्योगिक विकासको लागि सार्वजानिक नीजि साझेदारीमा सरकारी कम्पनी दर्ता गरी त्यसको परिचालन गर्न विज्ञ र प्रविधिको समायोजनमा पनि जोड गरिनेछ ।
  • ८ वटै वडामा उद्यमशिलता तथा सिप विकासको माध्यमबाट महिला तथा युवायुवतीहरुको आर्थिक सशक्तिकरणको कार्यक्रमलाई प्रर्बद्धन गरिने छ ।

६. पर्यटन सम्बन्धी नीति :

  • गाउँपालिका भित्रका सम्भाव्य पर्यटकीय क्षेत्रहरुको पहिचान गरी त्यसको वृहत्तर एवं एकीकृत विकासको नीति अवलम्बन गरिने छ ।
  • मनास्लु पदमार्गमा जाने पदयात्रीहरुलाई एक दिन भिमसेनथापा गाउँपालिकामा बास बस्ने गरी पर्यटकीय पूर्वाधारको विकासमा जोड दिइनेछ र सरोकारवालाहरु संग छलफल तथा समन्वय गरि रणनीति तयार गरिनेछ ।
  • दुल्लभ पार्क, भिमसेनथापा स्मारक, अश्राङ्गकोट, सिद्धकाली मन्दिर, ठुलोपोखरी, काशीघाट, कोटकाली मन्दिर, इत्ला पोखरी लगायतका पर्यटकीय क्षेत्रहरुको विकास गरी उक्त स्थानमा आन्तरिक पर्यटनको लागि उपयुक्त वातावरणको निर्माण गर्न आवश्यक पूर्वाधार निर्माण तथा प्रचार–प्रसार गरिने छ ।
  • पर्यटन क्षेत्रको विकास गर्न पर्यटन क्षेत्रमा आवद्ध पालिकाबासीहरुको एक विज्ञ समूह गठन गरी थप कार्यक्रमहरु सञ्चालन गर्दै लगिनेछ ।
  • एक वडा एक घरबास कार्यक्रमलाई अगाडी बढाइने छ ।
  • एक वडा एक पर्यटकीय स्थल र अन्तर वडा पर्यटकीय सञ्जालको विकास गरिने छ ।

७. युवा तथा खेलकूद नीति :

  • स्वास्थ्यका लागि खेलुकुद मनोरञ्जनका लागि खेलकुद र गौरवका लागि खेलकुद नीति अबलम्बन गर्दै खेलकूदको समूचित विकास गर्न पूर्वाधारको निर्माण, प्रशिक्षण, प्रतियोगिता आयोजना गरिने छ ।
  • भिमसेनथापा गाउँपालिकामा अवस्थित खेलकूद मैदानलाई पूर्वाधारयुक्त सुविधा सम्पन्न रंगशाला, नियमित खेलकुद, खेल प्रतिष्ठान (Sports Acedemy_ निर्माण गर्न संघीय र प्रदेश सरकारसँग पहल गरिनेछ ।
  • एक वडा एक ब्यवस्थित खेल मैदान स्थापना गर्दै लगिने छ । जग्गा एकीकरणको पहल गरी पालिका स्तरीय तथा जिल्ला स्तरको खेल मैदान निर्माणका लागि पहल गरिनेछ ।
  • युवाहरुलाई कुलतमा फस्नबाट जोगाउन गैरसरकारी संस्थाहरुसँगको साझेदारीमा जनचेतनामूलक कार्यक्रम तथा रेडियोबाट सूचनामूलक सन्देशहरु प्रसारण गरिनेछ ।
  • युवाहरुमा सीप विकास गरी स्वरोजगार बनाउन ड्राइभिङ्ग, कम्प्युटर तथा अन्य कोर्षहरु र विभिन्न सीप विकासका तालिमहरु संचालन गरिने छ ।
  • युवायुवतीहरुलाई लोक सेवा आयोग तर्फ आकर्षण गराउन विभिन्न सेवा समूहको लोक सेवा आयोग तयारी कक्षाहरु संचालन गर्ने नीति अबलम्बन गरिनेछ ।
  • युवाहरुलाई प्राविधिक सिपमुलक तालिम, स्वय सेवक, गाउँप्रहरी, श्रम सहकारी, खोज अनुसन्धान मुलक कार्य, कला तथा साहित्य, खेलकुद, शैक्षिक क्षेत्र आदि मार्फत संगठित गरी गाउँप्रहरी गठन तथा परिचालन गरी सुरक्षा, विपद व्यवस्थापन, आर्थिक विकास र उत्पादनमा लगाईनेछ ।
  • पार्क तथा खुलाक्षेत्र निर्माण गर्दा न्यूनतम मापदण्ड कायम गरी महिला वालबालिका, जेष्ठ नागरिक र अपांगतामैत्री बनाइनेछ ।
  • वडास्तर र पालिकास्तरका खेलहरुमा खेल प्रतिभा छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई तालिम प्रदान गरि राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी निर्माण गर्न आवश्यक सहयोग गरिने छ ।
  • युवाहरुमा स्वरोजगारको विकास गर्न सहुलियत कर्जा उपलब्ध गर्ने नीति अख्तियारी गरिने छ ।
  • युवाहरुको व्यक्तित्व क्षमता बिकासका लाग कार्यालशाला गोष्ठी सञ्चालन गरिनेछ । युवा क्लब गठन, नमुना युवा संसद सञ्चालनको अभ्यास गरिनेछ ।

८. सहकारी तथा अन्य वित्तीय क्षेत्रसँग सम्बन्धी नीति ः

  • गाउँ स्थित सहकारी संस्थाहरुको अनुमति, नियमन, विस्तार, प्रशिक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गरिने छ ।
  • सहकारीको माध्यमबाट स्थानीय स्रोत श्रम, साधन सीप र पूँजीको अधिकतम परिचालन गरी आर्थिक, सामाजिक रुपान्तरण गरिने छ ।
  • प्रत्येक वडामा एउटा कृषि, बहुउद्देश्यिय, श्रम सहकारीको स्थापना र सञ्चालन गर्ने नीति अवलम्बन गरिने छ।
  • विभिन्न खालका सहकारी शिक्षा, सहकारी व्यवसाय प्रवद्र्धन जस्ता सहकारी सम्वन्धी आवश्यक तालिम संचालन गरिनेछ ।
  • सहकारी संस्थाको मापदण्ड कार्यान्वयन र नियमनमा विशेष जोड दिने नीति अवलम्बन गरिने छ ।
  • सहकारीहरुलाई तीन खम्बे अर्थ नीति अन्तर्गत उत्पादन वृद्धिमा केन्द्रित गरिने छ ।
  • सहकारीले मासिक रुपमा गाउँपालिकामा वित्तिय विवरण बुझाउनुपर्ने व्यवस्थालाई अनिवार्य गरिने छ ।
  • पालिकाको नीति तथा कार्यक्रम अनुसारको योजना सहकारी तथा अन्य वित्तीय संस्थाहरुले प्राथमिकतामा राख्नुपर्ने नीतिलाई अवलम्बन गरिने छ ।
  • सहकारी संस्थाहरुलाई COPOMIS Software प्रणाली प्रयोगमा जोड दिइने छ ।
  • एक व्यक्ति एक मात्र सहकारी सदस्य, एक सहकारी एक उत्पादनको नीति अवलम्वन गरिनेछ ।
  • उत्कृष्ट सरकारीलाई पुरस्कृत गरिने छ ।
  • सहकारीहरुलाई मर्जरमा जान प्रोत्साहन गरिने छ ।
  • सहकारी क्षेत्रको विकासका लागि पालिकामा सहकारी हेर्ने गरी कर्मचारीको व्यवस्था गरिने छ ।
  • पालिकास्तरीय सहकारी समिति गठन गर्न आवश्यक कानूनी व्यवस्था गरिने छ ।

९. सामाजिक विकास सम्बन्धी नीतिहरुः

  • लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति निर्माण गरी समाजमा विभेद र उत्पिडनमा परेका वर्ग, क्षेत्र लिंगको लागि विशेष कार्यक्रम संचालन गरिनेछ ।
  • उपाध्यक्ष नेतृत्व विकास तथा किशोर किशोरी शिक्षा कार्यक्रम संचालन गरिने छ ।
  • महिला सबलीकरण कार्यक्रम संचालन गरिने छ ।
  • फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक र जोखिममा परेका नागरिकका लागि सुरक्षित सेल्टरको ब्यवस्था गरिने छ । सिमान्तकृत तथा विपन्न वर्गहरुको लागि विशेष कार्यक्रम ल्याईनेछ ।
  • आर्थिक सामाजिक रुपले विपन्न वर्ग तथा समुदायको उत्थानको लागि आय आर्जन तथा सीप विकासका कार्यक्रम मार्फत गरिबी न्युनीकरण, रोजगारी प्रवद्र्धन जस्ता कार्यक्रमलाई विशेष प्राथमिताका साथ अगाडि बढाईने छ ।
  • गाउँपालिका भित्रका सबै शैक्षिक बेरोजगार तथा युवालाई स्वरोजगार कार्यक्रम संचालन गरिनेछ । साथै उनीहरुको सीप विकासका लागि उचित सिप प्रदान गरी स्वरोजगार बनाइनेछ ।
  • सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनादर्ता प्रणाली सुदृढीकरण गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
  • समाजमा विद्यमान विभिन्न प्रकारका असमानता र विभेदहरुलाई हटाउने नीति अवलम्बन गरिने छ । जातिय बिभेद बिरुद्ध जनचेतनमूलक कार्यक्रममा जोड दिइनेछ ।
  • जनयुद्ध जनआन्दोलन क्रममा सहादत प्राप्त गर्ने शहिद तथा वेपत्ताहरुको सम्मानमा कम्तीमा एक वडा एक योजना तथा परियोजनाहरु सञ्चालन गरिने छ ।
  • समुदायमा हुने सामाजिक द्धन्द बिबाद र पारिवारिक समस्यालाई मेलमिलाप केन्द्र मार्फत पारिवारिक पुनर्मिलन कार्यलाई अगाडी बढाईने छ ।
  • आत्महत्या न्यूनिकरण गर्नका लागि विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिने छ ।
  • मदिरा तथा सूर्तिजन्य पदार्थको सेवनले समाजमा देखिएका सवै खालका समस्याहरुलाई न्यूनिकरण गर्दै लैजाने गरि कार्यक्रमहरु सञ्चालन गरिने छ ।
  • बृद्धाश्रम सञ्चालनका लागि आबश्यक योजना निर्माण गरिने छ ।

१०. संस्कृति प्रवद्र्धन सम्बन्धी नीतिहरु :

  • विभिन्न जातजाती र समुदायहरुको संस्कृति संरक्षणका लागि आवश्यक कार्यक्रमहरु संचालन गरिनेछ ।
  • साँस्कृतिक सम्पदाको अध्ययन तथा तथ्याङक संकलन गरि आर्थिक विकासमा टेवा पुयाउन सक्ने सम्पूर्ण सम्पदा तथा संस्कृति झल्काउने स्थान र समुदायको संरक्षण र व्यवस्थापनमा जोड दिइनेछ ।
  • स्थानीय संस्कृति तथा सम्पदालाई असर गर्ने सवै खाले गतिविधि रोकथाम नियन्त्रण र नियमन गरिनेछ ।
  • स्थानीय संस्कृतिको संरक्षणका लागि आफ्नो मौलिक संस्कारलाई जोगाउन संस्कृति संरक्षण कार्यक्रम संचालन गरिने छ ।
  • परम्परागत संस्कृति तथा सम्पदाहरुको संरक्षण गरिनेछ ।
  • दलित, मुस्लिम, वराम लगायतका पिछडिएका जातजाती र बर्ग समुदायको उत्थानको कार्यक्रम संचालन गरिनेछ ।
  • जनयुद्ध दिवस र गणतन्त्र दिवसलाई पालिका स्तरमा भव्यताका साथ मनाइने छ ।
  • सबै खाले विभेद अन्धविश्वास र रुढीवादको अन्त्य गर्ने खालका कार्यक्रम तथा योजना निर्माण गरि कार्यान्वयन गरिने छ ।

११. पूर्वाधार विकास सम्बन्धी नीतिहरु :

  • गाउँपालिका स्तरीय १.झिंगटे अश्राङ्ग वोर्लाङ्ग महादेवटार २.कयापानी चौतारा धावा वालिमटार ३।क्यामुन्टार घाटवेशी वालुवाटार आरुघाट मुख्य सडक एवं सवै वडा कार्यालय जोड्ने सडकहरु बाह्रै महिना निर्वाध रुपमा सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरी कार्य अगाडि बढाईने छ ।
  • गाउँ क्षेत्र भित्र तथा बाहिरका सडकलाई एकिकृत तवरले यातायातको सुविधा पुयाउन गाउँ यातायात गुरुयोजना तयार गरी सडक निर्माण तथा विस्तार गरिनेछ ।
  • सडक तथा यातायात विस्तार गर्दा पानीका श्रोत, वनजंगल, प्राकृतिक स्रोत तथा धार्मिक क्षेत्र विस्थापित नहुने गरी डिजाइन गरिनेछ ।
  • सबै किसिमका पूर्वाधार निमार्ण गर्दा फरक क्षमता भएका व्यक्ति र जेष्ठ नागरिकको पहुँच सुनिश्चित हुने गरी निर्माण गरिनेछ ।
  • शहरी योजना तथा भवन निर्माण मापदण्ड, २०७२ को पूर्ण पालनामा जोड दिईने छ ।
  • गाउँपालिकाको सुव्यवस्थित विकासको लागि आर्थिक सामाजिक, भौतिक, शैक्षिक, ऐतिहासिक पर्यटकीय लगायतका क्षेत्रहरुलाई समेटेर हाल निर्माणाधिन भिमसेनथापा चक्रपथको निर्माण गर्ने कार्यलाई शिघ्रताका साथ अगाडि बढाईने छ । थप स्रोत र साधनको लागि प्रदेश र संघ सरकारसँग आवश्यक समन्वय गरिनेछ ।
  • सडकको क्षेत्राधिकार भित्रका घर टहराहरु हटाउने र दुर्घटना मुक्त क्षेत्रको रुपमा विकास गर्ने नीतिलाई अवलम्बन गरिने छ ।
  • यातायात क्षेत्रलाई व्यवस्थित बनाउनका लागि पालिकाभित्र सवै वडामा वसपार्क र हेलिप्याड निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडी बढाइनेछ ।
  • पाँच वर्षे सडक रणनीतिक योजना तयार गरि गाउँ क्षेत्र भित्रका सडकहरुलाई सुदृढीकरण तथा स्तरोन्नति गर्दै ढुंङ्गा विच्छ्याउने, ढलान तथा कालोपत्रे गर्न जोड दिईने छ ।
  • सडकको दायाँ बायाँ हरियाली प्रबद्र्धन गरि हरित गाउँपालिकाको रुपमा विकास गरिने छ ।
  • गाउँक्षेत्र भित्र सञ्चालनमा रहेका सार्वजनिक यातायातका साधनहरुलाई व्यवस्थित गरी समायानुकुल भाडा दर समायोजनका लागि आवश्यक पहल गरिनेछ ।
  • प्रत्येक वडाका सडक, खानेपानी, सिञ्चाई र फोहोर व्यवस्थापन गर्न योजना बैंक निर्माण गरी प्राथमिकताको आधारमा त्यस्ता पूर्वाधारहरु निर्माण गर्दै लगिने छ ।
  • गाउँपालिका भित्रका सबै वडामा हाल रहेको सामुदायिक विद्युत प्रणालीलाई राष्ट्रिय विद्युत प्रणालीमा लैजान आवश्यक पहल गरिनेछ ।
  • वैकल्पिक उर्जाको विकास तथा पालिका भित्र सौर्य ऊर्जा जडानका लागि आवश्यक पहल गरिनेछ ।
  • गाउँको सबै वडाहरुमा ठूला योजनाहरु सडक, खानेपानी, सिञ्चाई एवं अन्य पूर्वाधार निर्माणमा DPR निर्माण गरी व्यवस्थित रुपमा कार्य गरिने छ ।
  • ग्रामिण यातायात मार्फत ८ वटै वडाहरुमा यातायात सेवालाई नियमित गर्न आवश्यक पहल तथा व्यवस्थापन गरिनेछ ।
  • नयाँ ट्रयाक खोल्ने कार्यलाई निरुत्साहित गर्दै स्थानीय साधन स्रोत र जनपरिचालन मार्फत भएका सडकको स्तरोन्नतीमा जोड दिइने छ ।
  • वडा कार्यालयको आफ्नै भवन नभएको वडाहरुमा क्रमशः वडा कार्यालय भवनको निर्माण गरिने छ । आगामी आ.ब. मा वडा नं. ६ र १ को भवन निर्माण सम्पन्न गरिनेछ भने बाँकी वडाको लागि प्रक्रिया थालनी गरिनेछ ।
  • आगामी आ.ब मा गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यलाई सम्पन्न गरिनेछ । साथै परिषरमा भिमसेनथापा स्तम्भ, सहिद स्तम्भ र वाटिका निर्माण गरिनेछ ।
  • लागत साझेदारी/सहभागितामा योजना कार्यान्वयन गर्ने विधिलाई प्राथमिकता दिईने छ ।
  • साना टुक्रे योजना कार्यान्वयनलाई निरुत्साहित गरी ठूला र जनताले अनुभूति गर्ने खालको योजना कार्यान्वयन गरिने छ ।
  • पूर्वाधार निर्माणमा सार्वजनिक निजी साझेदारी नीति अनुसरण गरि लागू गरिने छ ।
  • कुनै आयोजना तथा कार्यक्रममा दोहोरोपना पर्न गएमा गाउँ कार्यपालिकाको बैठकबाट उक्त आयोजना तथा कार्यक्रमहरुलाई संशोधन गरिने छ ।
  • एक वडा एक प्राविधिकको व्यवस्था गरी पूर्वाधार निर्माणको कार्यलाई गुणस्तरीय र व्यवस्थित गरिने छ ।
  • विभिन्न धार्मिक समुदायहरुको मृत्युपछि अन्तिम संस्कारलाई घाट, चिहान तथा कब्रस्थानको व्यवस्था गरिनेछ । साथै पालिका भित्र शव बाहनको व्यवस्था गरिने छ ।
  • ल्याण्ड पुलिङ्ग गरि संचालन गरिने एकीकृत विकास योजनाहरुलाई आयोजना बैंकमा समावेश गरी विशेष प्राथमिकताका साथ कार्यान्वयन गरिने छ ।
  • एक टोल एक विशेष योजना र एक वडा एक गौरवका आयोजना संचालन गरिने छ ।
  • शहिद तथा वेपत्ताको नाममा विभिन्न आयोजनाहरु संचालन गरिने छ र ति आयोजनाहरुलाई विशेष प्राथमिकता दिइने छ । पालिका भित्रका सडक मार्ग लगायतका क्षेत्रलाई सहिदका नाममा नामकरण गरिनेछ ।
  • व्यवस्थित पूर्वाधार विकासका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाहरुको छनौट गरि क्रमश कार्यान्वयन गरिने छ ।साथै आवधिक योजना तथा क्षेत्रगत नीतिहरुको समयानूकुल सुधार तथा पुनरावलोकन गरिने छ ।
  • पूर्वाधारको हालसम्मको अवस्थाको यथार्थ समेटिने गरि अभिलेखिकरण गरिने छ ।
  • उपभोक्ता समितिहरुबाट संचालन गरिने योजनाको सम्झौता कार्यान्वयन र भुक्तानी प्रक्रियालाई सहज र सरल बनाइने छ । एक वडा एक श्रम सहकारी निर्माण गरि विकास निर्माण र उत्पादनमा जोड दिइनेछ ।
  • उपभोक्ता समितिहरुलाई अभिमुखिकरण तालिम संचालन गरेर मात्रै योजना प्रक्रिया अगाडी बढाइने छ ।
  • पालिका भित्रको विभिन्न खोलाहरुमा संघीय सरकारसँगको लागत साझेदारीमा झोलुङ्गे पुल निर्माण कार्यलाई अगाडी बढाइने छ । जीर्ण झोलुङ्गे पुलको मर्मत सम्भार गरिने छ । आबश्यक पर्ने खोलाहरुमा तटबन्धन निर्माणको कामलाई अघि बढाइनेछ ।
  • योजना निर्माण कार्यान्वयन तथा निर्माण पछिको मर्मत सम्भारमा उपभोक्ताहरुको सहभागितालाई अनिवार्य गरिने छ । उत्कृष्ट कार्य गर्ने उपभोक्ता समितिलाई पुरस्कृत गरिने छ ।
  • पालिका भित्र मेगा सिटी र स्मार्ट सिटी सम्भाव्यता अध्ययन गरि अगाडी वढाइनेछ ।
  • गाउँपालिका भित्र रहेका चार मुख्य धार्मिक समुदायको राष्ट्रिय अन्तराष्ट्रिय स्तरको तिर्थ स्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गरि अगाडि वढाइनेछ ।
  • पालिका स्तरको ल्याण्डफिल्ड साइड स्थापना गरिनेछ ।
  • GIS Maping कार्यको लागि पहल गरिनेछ ।

१२. खानेपानी तथा सरसफाई सम्बन्धी नीतिहरु ः

  • खानेपानीको स्रोत खोजी संरक्षण गरी उपयुक्त पुर्वाधार विकास गरी खानेपानीको आपुर्ति व्यवस्था गरिनेछ । सबै गाउँवासीहरुलाई भरपर्दो , शुद्ध र गुणस्तरीय खानेपानीको सेवाका लागि ’एक घर एक धारा’ कार्यक्रमलाई सवै वडाहरुमा विस्तार गरिने छ ।
  • सवै खानेपानी आयोजनालाई समितिमा आवद्ध गरी न्यूनतम शुल्कको व्यवस्था गरी कोषको सञ्चालन गरिने छ ।
  • भिमसेनथापा गाउँपालिका WASH गठन गरी सवै खानेपानी समितिहरुको नियन्त्रण र एकीकृत विकास गरिने छ ।
  • साना लिफ्टिङ्ग खानेपानी आयोजनाहरुलाई विद्युत महसुलमा अनुदान उपलब्ध गराईने छ । शुद्ध खानेपानी आयोजनाहरुमा ट्रिटमेन्ट प्लानलाई अगाडी बढाइनेछ ।
  • सार्वजनिक, ऐतिहासिक धारा, कुवाँ तथा पोखरीहरुको संरक्षण तथा प्रबद्र्धनमा जोड दिइनेछ ।

१३. सिंचाई सम्वन्धी सम्बन्धी नीतिहरुः

  • गाउँपालिका क्षेत्र भित्रको प्रत्येक खेतीयोग्य जमिनमा बाह्रै महिना सिंचाई सुविधाको व्यवस्था गर्नका लागि साना तथा ठूला सिंचाई आयोजनाहरु संघीय र प्रदेश सरकारसँग समन्वय गरि अगाडी बढाईने छ । सिंचाई सुविधाको लागि वैकल्पिक पद्धतिको खोजी गरि कार्यान्वयनमा जोड दिइने छ ।
  • गाउँको विभिन्न क्षेत्रमा बहुउपयोगी पुनर्जलिय (Refill Tank) निर्माण कार्यको सम्भाव्यता अध्ययन गरि कार्य अगाडी बढाईने छ ।

१४. भवन तथा विकास सम्वन्धि नीतिहरुः  

  • गाउँपालिकावाट पास गरिने नक्साहरुलाई स्वचालित तथा व्यवस्थित वनाउन नक्सा पास प्रकियालाई अनलाईन सेवामा आवद्ध गरिने छ ।
  • नक्सा पास सम्वन्धमा जनचेतना जगाई कुनै पनि घर, टहरा नक्सा पास गरेर मात्र बनाउने अवस्थाको सिर्जना गरिने छ ।
  • एकीकृत वस्ती विकासको कार्यक्रमलाई प्राथमिकता दिईने छ र सोको लागि सम्भाव्यताको अध्ययन गरिने छ । बुढीगण्डकी डुवान प्रभावितहरुको पुनर्वासको लागि सहजीकरण गरिने छ ।
  • सार्वजनिक तथा निजि भवनहरुको निर्माण गर्दा प्रभावकारी रुपमा राष्ट्रिय भवन संहिताको पालनामा जोड दिईने छ ।
  • गाउँपालिकालाई वातावरणमैत्री गाउँपालिका निर्माण गर्नको लागि यस आ.व. भित्रमा नै एक घर दुई रुख तथा एक घर दुई गमला अभियानको रुपमा संचालन गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ ।
  • सामुदायिक विद्यालय भवन, जेष्ठ नागरिक विश्राम गृह, आमा समूह भवन, तथा अन्य संघ संस्थाको भवनको लागि गाभिएका विद्यालयका तथा अन्य संघ संस्थाका भवनहरुलाई प्रयोगमा ल्याई व्यवस्था गरिनेछ र सम्भव नभएमा मात्र निर्माणमा वजेटको व्यवस्था गरिने छ ।

१५. उर्जा सम्बन्धी नीतिहरु :

  • सबै वडाहरुमा बैकल्पीक उर्जाको आवश्यक व्यवस्था गरिने छ ।
  • सोलार प्रणालीवाट विद्युत उत्पादनलाई संघीय तथा प्रदेश सरकारसँग आवश्यक समन्वय गरी प्रक्रिया अगाडी बढाईने छ ।
  • ३३ केभिए निर्माणाधिन घ्याम्पेशाल सव स्टेसनको कामलाई यथाशिघ्र सम्पन्न गर्न आवश्यक पहल गरिने छ ।

१६. सूचना तथा सञ्चार प्रविधि सम्बन्धी नीतिहरु :

  • प्रत्येक वडा तथा पालिकामा साधन स्रोत सम्पन्न सूचना केन्द्र स्थापना गरि नागरिक हेल्प डेस्क संचालन गरिने छ ।
  • गुणस्तरीय इन्टरनेट सेवाका लागि आवश्यक पहल गरिने छ । पालिकालाई स्मार्ट पालिकाको रुपमा विकास गर्दै लगिने छ ।
  • गाउँपालिकावाट सञ्चालित विविध विकास कार्यक्रम, सेवा प्रवाहको अधिकतम सार्वजनिक गरि पारदर्शिता र जवाफदेहितामा अभिवृद्धि गर्न वेव पोर्टल निर्माण गरि सञ्चालन गरिने छ ।
  • सूचना माग्ने र पाउने आम नागरिकको नैसर्गिक अधिकार भएकोले सोको प्रत्याभूति गर्न गाउँपालिकाले आफ्ना गतिविधिहरुलाई विभिन्न माध्ययमवाट सहज र सर्वसुलभ रुपमा प्राप्त गर्न सक्ने तथा सार्वजनिक गर्ने व्यवस्था मिलाईने छ ।
  • स्थानीय पत्रिका, एफ एम रेडियो, अनलाईन, अलनलाईन टेलिभिजन, केवल र टेलिभिजनहरु मार्फत गाउँका गतिविधिहरु आवश्यकतानुसार प्रकाशन र प्रसारण गरिनेछ ।
  • सूचना तथा संचार क्षेत्रको संरक्षण, प्रवद्र्धन र विकास गर्न आवश्यक कार्यक्रमहरु संचालन गरिनेछ ।
  • खोजमूलक र अनुसन्धानमूलक पत्रकारितालाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम संञ्चालन गरिनेछ ।
  • आबश्यक क्षेत्रको पहिचान गरी निशुल्क वाईफाईको व्यवस्था गर्न पहल गरिनेछ ।
  • मोवाईल एप मार्फत घर घरबाट नै सेवा लिन सक्ने गरी कार्य अगाडी बढाईने छ ।
  • पालिका प्रवेश गर्ने मुख्य नाकाहरु र वजारक्षेत्रहरुमा CCTV CAMERA जडान गरिनेछ ।
  • Cyber Crime न्युनिकरण तथा रोकथामका लागि विभिन्न संघसंस्थाहरुसँगको साझेदारीमा विद्यालय तथा वडाहरुमा सचेतना काार्यक्रम संचालन गरिनेछ ।
  • Open data प्रणालीको अवलम्वन गाउँपालिकाले पूर्ण रुपमा गर्दै जाने नीति अवलम्वन गरिने छ ।
  • सेवाग्राही नागरिकको कार्य छिटो छरितो गर्नका लागि एप्सको प्रयोग गरिने छ ।
  • गुनासो ब्यवस्थापनलाई प्रभावकारी बनाउँदै कार्य प्रति जवाफदेही बनाइने छ ।
  • यसै आ.व. बाट नै प्रत्येक विद्यालयमा इन्टरनेटको सुनिश्चितता प्रदान गरिने छ ।
  • पालिकाको आफ्नै डाटा सेन्टर स्थापनाको लागि कार्य अगाडी बढाइने छ ।
  • भुक्तानी प्रणालीलाई थप पारदर्शी सरल र सहज बनाउन अनलाइन भुक्तानी प्रारम्भ गरिने छ ।

१७. वन वातावरण तथा भू–संरक्षण सम्बन्धी नीतिहरु :

  • सरकारको वन व्यवस्थापन नीति लागु गरिनेछ ।
  • सफा र हरियाली गाउँपालिका निर्माणका लागि हरित सडक, खोला खोल्सामा वृक्षारोपण, बाँस रोपण, रुख तथा बाँसद्धारा तटवन्धन, सामुदायिक भवनको संरक्षण, खाली ठाँउमा वृक्षारोपण आदि कार्य गरिने छ ।
  • घरको छत र वरण्डामा कौशी खेतीको शुरुवात गरि गाउँलाई सफा र हरियो गाउँको रुपमा विकास गरिनेछ ।
  • वातावरण संरक्षणका लागि डिभिजन वन कार्यालय तथा प्रदेश सरकारसंग समन्वय गरि कार्य अगाडि वढाईने छ ।
  • गाउँपालिका क्षेत्रभित्र सञ्चालित ठूला आयोजनाहरुको निर्माणमा वातावरणीय प्रभाव मूल्यांकन र BIO Engineering को प्रविधि अवलम्बन गरिने छ ।
  • वनलाई आयआर्जनसँग जोड्ने गरी वन कार्यालयसँगको साझेदारीमा कार्यक्रम अगाडी बढाइने छ ।
  • वन जंगलको विस्तार तथा भूक्षय नियन्त्रणको लागि वृक्षारोपण कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाईने छ ।
  • वन कार्यालय तथा अन्य सम्वद्ध सरकारी तथा गैर सरकारी निकायहरुको साझेदारीमा नर्सरीहरुको स्थापना र विस्तार गरिने छ।
  • उपभोक्ता वन समूहमा रहेको कोषलाई प्रभावकारी रुपमा परिचालन गरि वन उपभोक्ता समूहमा भएका विकृति र विसंगती अन्त्यका लागि प्रभावकारी कार्य अगाडी बढाईने छ ।
  • बन पैदावारलाई व्यवस्थित गरिने छ । सामुदायिक बनहरुमा जडिबुटी जन्य खेती र उत्पादनमा जोड दिदै आर्यआर्जन बृद्धि गरिने छ । तेजपत्ता, अलैची, अम्रिसो खेतीलाई प्रोत्साहन गरिनेछ ।
  • बन, चरन क्षेत्र, सिमसार र जैविक विविधता समेत संम्बोधन हुने गरी दिगो व्यवस्थापनका लागि जैविक स्रोत संरक्षण अभियानलाई प्राथमिकता दिइनेछ ।
  • स्थानीय समुदायको सहयोगमा गाउँको विभिन्न स्थान र सडक किनारामा वृक्षारोपण र पुष्पवाटिका निर्माण जस्ता हरियाली प्रर्वद्धन कार्यक्रम सञ्चालन गरिनेछ ।

१८. जलाधार संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धी नीतिहरु ः

  • जलाधार तथा सिमसार क्षेत्रको पहिचान गरि प्रभावकारी संरक्षणको व्यवस्था मिलाईने छ ।
  • नदीजन्य पदार्थ जस्तैः ढुंगा, गिट्टी, बालुवाको आंकलन गरी निर्दिष्ट क्षेत्रहरुबाट त्यस्तावस्तुमा उत्खनन, संकलन, प्रशोधन ओसारपसार र विक्रि वितरणलाई व्यवस्थित र प्रभावकारी बनाईनेछ ।
  • जलवायु परिवर्तनसँग अनुकुलन हुने गरि आयोजना तथा कार्यक्रमहरु सञ्चालन गरिने छ ।
  • जलवायु परिवर्तनबाट पर्ने बहुआयामिक प्रभावको असर विश्लेषण गरि त्यसको न्यूनिकरणका लागि आवश्यक समन्वय र पहल गरी विभिन्न कार्यक्रमहरु संचालन गरिने छ ।

१९. सरसफाई फोहोरमैला व्यवस्थापन सम्बन्धी नीतिहरु ः

  • पालिका भित्रका मुख्य बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि योजना निर्माण गरिनेछ । घरघरवाटै फोहोर व्यवस्थापन गर्ने नीतिलाई प्राथामिकता दिइने छ ।
  • फोहोरमैला प्रशोधनमा आधुनिक प्रविधिको प्रयोग गरिनेछ । चक्रपथको निश्चित दुरीमा शौचालय र अन्य सुविधा सहितको सेवा केन्द्र सञ्चालन गर्ने गरी कार्यक्रम अगाडी बढाइने छ ।
  • घर निर्माणको अनुमति प्रक्रिया उपयुक्त मापदण्डको शौचालय र सेफ्टी ट्याङकी निर्माणलाई अनिवार्य गरिनेछ ।
  • फोहोर उत्पादन कम गर्ने तथा पुन प्रयोग गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ ।
  • Zero Waste concept मा गई संकलित फोहरलाई आधुनिक प्राविधि प्रयोग गरी स्रोतको रुपमा उपयोग गर्ने नीति लिईने छ ।
  • Zero Waste प्रणालीलाई अझ प्रभावकारी बनाई फोहोरवाट आधुनिक प्रविधि अपनाई वहुउपयोगी बनाइने छ । plastic Block, Bitumin तथा अन्य रिसाइक्लीन विधी अपनाइने छ ।
  • गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त गाउँ घोषणा गर्नेतर्फ अभियान अगाडि बढाईने छ ।
  • मुख्य बजार क्षेत्रमा ढलको व्यवस्थापनलाई प्रभावकारी रुपमा अगाडि बढाईने छ ।
  • तोकिएका मापदण्ड बाहेकका प्लाष्टिक उत्पादन र प्रयोगमा प्रतिबन्ध र प्लाष्टिकजन्य पदार्थ पुनः प्रयोगको नीति अवलम्बन गरिनेछ ।
  • नदीको स्वच्छता कायम राख्न फोहोरमैला नदी तथा जलस्रोतमा मिसाउने कार्य नियन्त्रण गरिनेछ ।

२०. प्रकोप नियन्त्रण र विपद व्यवस्थापन सम्बन्धी नीतिहरुः

  • विपद र महामारीको पूर्व तयारी प्रतिकार्यका लागि वडा अध्यक्षको संयोजकत्वमा न्यूनतम १० जनाको स्वंयमसेवक टिम वडाअध्यक्षको संयोजकत्वमा गठन गरिने छ । त्यस्तो टोलीलाई गैरसरकारी संस्थाहरुसँगको सहकार्यमा विभिन्न तालिमहरुको व्यवस्था गरिने छ ।
  • विपदको अवस्थामा तत्काल उद्धारको लागि आवश्यक सामग्रीहरु तथा सुरक्षित वासस्थानको व्यवस्थाको नीति अबलम्बन गरिने छ ।
  • भुक्षय, बाढी पहिरो, आगलागी, भुकम्प, आदि जस्ता प्राकृतिक विपत्ति र अन्य कृतिम विपत्तिबाट तुरुन्त राहात कार्य गर्न गाउँपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रहरी र नेपाल (रेडक्रससँग समन्वय गरि तुरुन्त प्राथमिक राहत र दीर्घकालीन योजना वनाउन गा.पा.मा विपद व्यवस्थापन केन्द्र स्थापना गरिने छ ।
  • विपद व्यवस्थापन कार्यमा उद्धारको लागि सहजताको लागि प्रत्येक वडामा हेलिकप्टर बस्न सक्ने हेलिप्याडको निर्माण गरिने छ ।
  • वाढी पहिरो आगलागी जस्ता प्राकृतिक प्रकोपवाट प्रभावितलाई तत्काल राहत, औषधोपचार खानपान लत्ताकपडा उपलब्ध गराउनको लागि तयारी गरिनेछ भने विपद् व्यवस्थापन कोषको वृद्धिको लागि सार्वजनिक निजि र गैरसकारी संस्थाहरुसंग समन्वय गरिने छ ।
  • विपद्को अवस्थामा तत्काल उद्धार तथा सुरक्षित वासस्थानको पहिचान र व्यवस्थाको लागि बजेटको व्यवस्था गरिने छ ।
  • विपद् व्यवस्थापन सम्बन्धी तालिमको लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गरिने छ ।
  • गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाई विपद् व्यवस्थापन सम्बन्धी अभिमुखिकरण तालिम संचालन गरिने छ ।

२१. सुशासन तथा संस्थागत विकास सम्बन्धी नीतिहरुः

  • वडा र पालिका सुचना केन्द्र हेल्पडेक्स र पोर्टल निर्माण गरि नागरिक (सेवा ग्राही) हरुलाई छिटो छरितो सेवा प्रदान गरिने छ ।
  • सेवाग्राही मैत्री वातावरण निर्माण गरिने छ साथै मुस्कान सहितको सेवामा जोड दिइने छ ।
  • पालिकाको सुशासन नीति तर्जुमा गरि लागु गरिने छ । पालिका भित्र सेवा ग्राही कोठामा कोठामा धाउनु पर्ने बाध्यताको अन्त्य गरि कर्मचारीबाटै आबश्यक सुबिधा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।
  • राष्ट्रसेवक कर्मचारीहरुलाई काममा उत्प्रेरित गरिने छ । सेवा सुविधालाई समय सान्दर्भिक बनाउदै लगिने छ ।
  • पालिका र नागरिक बिच प्रत्यक्ष सम्पर्क बढाउने गरि प्रविधिको प्रयोगमा जोड दिइने छ । सेवाग्राहीको समस्या र गुनासो सुनुवाई कक्षको व्यवस्था गरिनेछ । भ्रष्ट्रचारमा शुन्य सहनशिलताको नीति अबलम्बन गरिनेछ ।
  • गाउँसभा सञ्चालन कार्यविधि २०७५ मा उल्लेखित मर्यादा पालन सम्बन्धि विविध विषयहरुलाई कडाईका साथ पालनामा जोड दिईने छ ।
  • जननिर्वाचित प्रतिनिधिहरुका लागि आचारसंहिता लागू गरिने छ ।
  • गाउँ कार्यपालिकाको वैठकवाट स्वीकृत वैठक संचालन सम्बन्धि कार्यविधिको पालनामा जोड दिईने छ ।
  • मितव्ययी तथा पारदर्शी आर्थिक प्रणाली अपनाईने छ । जनताका ामहरू सहज र सरल ढंगले सम्पादन गरिने छ । जनप्रतिनिधि र कर्मचारीहरूको सञ्चालन गर्न कार्यविधि, आचारसंहिता निर्माण गरि कार्यान्वयन गरिने छ । गरिब परिवारहरूलाई आत्मनिर्भर बनाउन थप योजना निर्माण गरिने छ । गरिब घर परिवारको तथ्याङ्क लिने, तिनलाई संगठित गर्ने र आवश्यक सहयोग गर्ने व्यवस्था मिलाइने छ । गरिबीबाट जनतालाई मुक्त गर्न उत्पादनका लागि थप मद्दत गर्ने नीति अवलम्बन गरिनेछ ।

२२. मानव संसाधन विकास सम्वन्धी नीतिहरुः

  • मानव संशाधन विकासका लागि आवश्यक कानूनी व्यवस्था गरिने छ ।
  • जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता विकास गर्न आवश्यक तालिमको व्यवस्था गरिने छ ।

२३. संस्थागत क्षमता विकास सम्बन्धी नीतिहरु ः

  • संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय तहको ऐन नियमानुसार गाउँ कार्यपालिकालाई आवश्यक पर्ने श्रोतको व्यवस्था हेरी संगठन संरचना र दरबन्दी सिर्जना गर्न Organization and Management स्वीकृत भईसकेकाले दर्ता प्रक्रिया अगाडी बढाई पदपूर्ति प्रक्रिया अगाडी बढाइने छ ।
  • गाउँपालिकाको प्रशासनिक तथा सांगठनिक संरचना र संस्थागत प्रणालीलाई चुस्त दुरुस्त, विश्वसनियता, क्षमतायुक्त र प्रभावकारी वनाउदै अत्यावश्यक रिक्त दरवन्दीहरुमा उपयुक्त प्रक्रियावाट पदपूर्ति गरिने छ ।
  • सुशासन स्थापनाको लागि आवश्यक कानून, नियम, विनियमावली, कार्यविधि आदिको निर्माण गरी Chain of Command निर्माण गरिने छ ।
  • सवै कर्मचारीहरुको कार्य विवरण वनाई अनिवार्य रुपमा लागू गरिने छ । पालिका अध्यक्षसंग प्रमुख प्रशासकीय अधिकृतले र प्रमुख प्रशासकीय अधिकृतसंग शाखा प्रमुखहरुले कार्यसम्पादन करार सम्झौता अगाडी बढाइने छ ।
  • गाउँपालिकाको कार्य सम्पादनलाई छिटो, छरितो, पारदर्शी एवं सेवाग्राहीमैत्री तुल्याउन व्यवस्थापकीय क्षमता अभिवृद्धिमा जोड दिईने छ ।
  • गाउँपालिकाको संस्थागत क्षमता वृद्धिका लागि भौतिक पूर्वाधार विकास तथा अभिलेख प्रणालीलाई व्यवस्थित गर्दै लगिने छ ।
  • उत्कृष्ट कार्य गर्ने गाउँपालिकाका कर्मचारी, उपभोक्ता समिति, फोहरमैला व्यवस्थापन समिति, टोल विकास समिति, संचारकर्मीलाई पुरस्कृत गर्ने पद्धतिको थालनी गरि यसलाई निरन्तरता दिईने छ ।
  • गाउँ कार्यपालिकाको वैठकवाट स्वीकृत भिमसेनथापा गाउँपालिकाको कार्य सम्पादन तथा कार्य विभाजन नियमावलीको पूर्ण पालनामा जोड दिईने छ ।

२४. राजस्व परिचालन सम्बन्धी नीतिहरु ः

  • आन्तरिक आयलाई सवल बनाउन राजश्वमा सुधार गरि सहज सरल र दायरा फराकिलो वनाई सर्वसुलभ बनाइने छ ।
  • आन्तरिक आय वृद्धि गर्नका लागि राजश्वका ÷ करका विभिन्न क्षेत्रहरुको अध्ययन गरिने छ ।
  • उत्कृष्ट करदातालाई सम्मान गरिने छ ।
  • यसै आ.व. लाई कर सहभागिता वर्षको रुपमा अगाडि वढाई गाउँपालिका भित्रका सम्पुर्ण करयोग्य व्यवसायलाई करको दायरामा ल्याईनेछ ।
  • बजार अनुगमनलाई नियमित गर्दै व्यवसाय दर्ता र नविकरण कार्यलाई प्रभावकारी बनाईनेछ ।
  • आन्तरिक स्रोतको अभिवृद्धिका लागि पूर्वाधारको विकास गरि सेवा शुल्कमा आवद्ध गर्दै लगिनेछ ।

२५. सेवा प्रवाहमा विद्युतीय सूचना प्रविधिको प्रयोग सम्बन्धी नीतिहरु :

  • सेवा प्रवाहलाई प्रभावकारी बनाउनको लागि अनलाईन प्रणालीलाई अझ प्रभावकारी बनाईने छ ।
  • कार्यालयका कर्मचारी र सेवाग्राहीको बीचमा प्रत्यक्ष भेटघाटको अन्त्य गरी भ्रष्टाचार जन्य गतिविधिको अन्त्यको लागि गेटवे मार्फत भुक्तानीको व्यवस्था मिलाईने छ ।

२६. नागरीक सन्तुष्टी सर्वेक्षण र अन्तरकिया समन्वय जस्ता नीतिहरु :

  • नागरिक सन्तुष्टीको लागि नियमित रुपमा नागरिक सर्वेक्षण फाराम भराउने परिपाटीको थालनी गरिने छ ।
  • सार्वजनिक सुनुवाई र सामाजिक परीक्षणलाई प्रभावकारी रुपमा अगाडि वढाईनेछ । गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाईने छ ।

२७. महिला तथा बालबालिका किशोर किशोरी जेष्ठ नागरिक अपाङ्गता तथा समाज कल्याण नीतिः

  • गाउँपालिका क्षेत्रभित्र रहेका महिला एकल महिला अपाङ्गता जेष्ठ नागरिक बालबालिका र पिछडिएका वर्गको छुट्टाछुट्टै संजाल गठन गरी लक्षित समुदायको सशक्तिकरणमा टेवा पुर्याईने छ ।
  • हिंसा तथा उत्पिडनमा परेका मानिसहरुलाई विभिन्न संघसंस्थाहरुको साझेदारीमा मनोसामाजिक परामर्श प्रदान गर्ने र कानुनी उपचारमा आवश्यक सहजीकरण गरिनेछ ।
  • समुदायमा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायहरुसँग आवश्यक सहकार्य र साझेदारी गरिनेछ ।
  • पालिकास्तरीय एकल महिला सहयोग कोष र अपाङ्गता सहयोग कोष स्थापना गरि उक्त समूहको नागरिकको सिप विकास र दीर्घकालिन सशक्तिकरणमा टेवा पुर्याइने छ ।
  • महिला एकल महिला बालबालिका दलित जनजाति अपाङ्गता भएका व्यक्ति जेष्ठ नागरिक असहायको उत्थानको लागि लक्षित वर्ग कार्यक्रम अन्तर्गत सम्बन्धित क्षेत्रमा क्रियाशिल संघसंस्था र गाउँपालिकाको साझेदारीमा सशक्तिकरणका लागि आवश्यक कार्यक्रम संचालन गरिने छ ।
  • महिलाको क्षमता विकास र सशक्तिकरण गर्न उपाध्यक्ष महिला लक्षित कार्यक्रम सञ्चालन गरिने छ ।
  • लैंगिक हिंसामा परेका महिला तथा वालबालिकाका लागि एकीकृत संकटमोचन केन्द्रको स्थापना र संचालन कार्यको सुरुवात गरिने छ ।
  • पालिकामा सशक्तिकरण कार्यक्रम मार्फत पालिका भित्रका महिलाहरुको रोजगारी सीप विकास तथा समावेशीकरणमा बहस पैरवी गर्न तालिम प्रदान गरिने छ ।
  • नेपाल सरकारले जेष्ठ नागरिक एकल महिला तथा अपाङ्गगलाई उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता घरघरमा उपलब्ध गराईनेछ । प्रत्येक वर्ष जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिनेछ ।
  • विपन्न तथा वञ्चितिकरणमा परेका महिला वालवालिका जनजाति प्रकोपमा परेका घरपरिवारको तथ्यांक संकलन तथा अद्यावधिक गरिनेछ र यस्तो तथ्यांकको डिजिटल प्रणालीमा व्यवस्थित गरिनेछ ।

२८. न्यायिक समिति सम्बन्धी नीतिः

  • गाउँपालिकामा न्यायिक समिति र प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना र संचालनका लागि आवश्यक व्यवस्था मिलाईने छ ।
  • न्यायिक समितिमा परेका उजुरीहरुको न्याय सम्पादन गर्न अनुगमनका साथै सहज र सरल पद्धति अपनाइने छ ।
  • प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरी प्रत्येक वडामा ३ जना मेलमिलापकर्ता छनौट गरिने छ ।
  • न्यायिक समितिका पदाधिकारी, कर्मचारी तथा मेलमिलापकर्ताहरुको क्षमता अभिवृद्धिका विभिन्न कार्यक्रमहरु संचालन गरिने छ ।
  • न्यायिक समितिको कार्यलाई प्रभावकारी बनाउन १ जना कानूनी सल्लाहाकारको व्यवस्था गरिने छ ।
  • न्यायिक समिति र मेलमिलापकर्ताबीच मासिक बैठक राखिने छ ।
  • न्यायिक समितिको अन्तरपालिका स्तरिय अन्तर्क्रिरया तथा अवलोकन भ्रमण गरिने छ ।
  • कानून जान्नै पर्ने कानूनी प्रावधान रहेकोले महिला दलित अपाङ्ग तथा मूल प्रवाहिकरणमा पछाडी परेका लक्षित समूहहरुलाई कानूनी अभिमुखिकरण संचालन गरिनेछ ।

२९. अन्य नीतिहरु :

  • गाउँपालिकाको दीर्घकालिन विकासको लागि योजना निर्माण गर्दा दिगो विकासका लक्ष्य र सूचकहरुको आधारमा गरिनेछ ।
  • गाउँपालिकाले गर्ने सम्पूर्ण कार्यहरुमा ICT को प्रयोग गरी सेवाग्राही मैत्री बनाईने छ ।
  • गाउँपालिका, वडा, स्वास्थ्य संस्थाहरु तथा विद्यालयहरुमा Electrical Attendance System लागू गरिने छ ।
  • Digitalisation लाई पूर्ण रुपमा लागु गर्न सोसँग सम्बन्धित कार्यहरु गरिने छ ।
  • विदेश तथा स्वदेशका विभिन्न पालिकासंग भगिनी सम्बन्ध स्थापनाका लागि प्रक्रिया अगाडी बढाई विभिन्न विषयहरुमा सहकार्य र समन्वय गरी कार्य गरिने छ ।
  • भिमसेनथापा गाउँपालिकाको वृहत्तर हितका लागि औद्योगिक क्षेत्र, हेलिप्याड, हावाइ मैदान, पर्क, खेल मैदान – रंगशाला र रिसोर्ट जस्ता निर्माण कार्यहरुका लागि र थप अन्य गाउँ पालिका स्तरीय महत्व प्रदेश स्तरीय महत्व र संघ स्तरीय महत्व पुर्ण कार्यहरुका लागि आपसी सल्लाहाद्धारा वा जग्गा प्राप्ति ऐन अनुसार आवश्यक पर्ने जग्गाहरु गाउँपालिकाले खरिद गरिने छ।
  • संविधान अनुसार भिमसेनथापा गाउँपालिकाद्वारा प्रदेश सरकार र संघिय सरकारसँग सहकार्य, समन्वय र सहअस्तित्वको आधारमा सुमधुर सम्बन्ध कायम गरिने छ ।
  • प्रस्तावित नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट उच्चदरको आर्थिक वृद्धि, सामाजिक आर्थिक क्षेत्र गतिशील भई आर्थिक वृद्धि र पारस्पारिक सम्मान र अवसर सहित सामाजिक न्याय कायम हुनेछ । यो नीति तथा कार्यक्रम कार्यान्वयनमा सवैबाट सक्रिय सहयोग हुने विश्वास लिएको छु । अन्तमा भिमसेनथापा गाउँपालिकाको समग्र विकासमा योगदान गर्ने राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, नीजि, सहकारी र सामुदायिक क्षेत्र, श्रमिक वर्ग, नागरिक समाज, सञ्चार जगत लगायत सम्पूर्ण दिदिबहिनी दाजुभाई तथा विकास साझेदार संस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
  • यो अभियान सफल पार्न हामी गाउँसभा सदस्य, कार्यपालिका सदस्यहरूले समग्र नेतृत्व गर्नुपर्दछ । योजना निर्माण र कार्यान्वयन गर्ने कुरामा सवै एकताबद्ध भएर दृढ संकल्पका साथ होमिनु जरुरी छ । कार्यपालिकामा स्पष्ट कार्यविभाजन गरि मुख्यगरी वडाहरूलाई नमुना बनाउने र जनताले सुम्पिएको जिम्मेवारीमा हामी जनप्रतिनिधीहरूले सम्पूर्ण ध्यान केन्द्रित अहिलेको पहिलो आबश्यकता हो । माओबादी जनयुद्ध, शान्तिपूर्ण जनआन्दोलन सहित ७१ वर्ष लामो संघर्षबाट प्राप्त उपलब्धीको जगमा आज समाजवादको आधार तयार पार्दै अगाडि बढ्ने चरणमा हामी आईपुगेका छौ । परिवर्तनको आन्दोलनमा जनताको तर्फबाट भएका त्याग, तपस्या र उच्च बलिदानी प्राप्त उपलब्धीमा टेकेर समाजवादी बाटो निर्माणका लागि अगाडि बढ्नु अपरिहार्य छ ।
  • हामी सवै जनप्रतिनिधिहरुले जनताबीच गरेका प्रतिबद्धता, गरिबीको अन्त्य गरेर, सामाजिक न्याय स्थापना गर्दै समतामूलक समाज निर्माणको लक्ष्य पूरा गर्न चाहन्छौं । यो अवसर आज हामीलाई मात्र प्राप्त छ । यो अभियान सफल बनाउन सके मात्र हाम्रो राजनीतिक औचित्य पुष्टि गर्न सक्नेछौं । तसर्थ अब म, तपाइर्, हामी सवैले स्वयम परिश्रमी भएर, आफ्नो समूहमा पनि सहभागी हुँदै आफ्नो कार्यक्षेत्र भित्र समूहको परिचालन र व्यवस्थापन गरेर आफूलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्नुपर्दछ । समाज विकासको काममा समुदायले वाच्नका लागि गरेको संघर्ष वर्ग संघर्ष, वैज्ञानिक प्रयोगका क्रममा प्राप्त ज्ञान, सिप र क्षमतालाई उत्पादन क्षेत्रसंग जोड्दै अबसरका महान सम्भावना पहिल्याउन, गरिबी अन्त्यका चुनौती र सम्भावना ठम्याउन, सामाजिक रूपान्तरणका चुनौती र सम्भावना पहिल्याउनका लागि उपयोग गर्दै समस्या समाधान तिर अगाडि बढ्नु पर्दछ ।
  • हिजोको जिवन सघर्ष जस्तै आजको उत्पादन संघर्ष वा विकास र समृद्धि पनि झन कठिन संघर्ष हो । नयाँ संघर्षमा विजय हासिल गर्नका लागि हिजोको संघर्षमा झैँ दृढ इच्छाशक्ति, व्यवस्थित संगठन र योजनाबद्धता, प्रचार प्रसार जरूरी छ । यो केवल समाज धनी हुने कुरा मात्र होइन मानव जीवनलाई सरल बनाउँदै समानता र स्वतन्त्रताको उचाई तिर लैजाने महान अभियान पनि हो । यो पहिलो पाइलो हो । यो सामाजिक रूपान्तरणको अभियान हो । उत्पादक शक्तिको विकास बिना उत्पादन सम्बन्धको नयाँ अवस्था सृजना हुन सक्दैन । उत्पादनको साधन परिचालन र स्वामित्वको स्पष्ट नीति र योजना बिना उत्पादन र रूपान्तरणको यो अभियान सफल हुँदैन । हामी सामाजिक न्यायसहितको समृद्धि चाहन्छौ नकि आर्थिक समृद्धि मात्र भिमसेनथापा गाउँ कार्यपालिकाको नेतृत्व गर्ने हरेक सदस्यहरूले अब आफूलाई उत्पादनको संघर्षमा होमेर योग्य व्यवस्थापक, योग्य नेतृत्व र सच्चा जनसेवक सावित गर्नु पर्दछ । पाँच वर्षे यो रणनीतिक अभियानले कुशल र सक्षम नेतृत्व जन्माउनेछ भन्ने हामीले अपेक्षा गरेका छौ । नेतृत्व विकासको लागि योजनावद्ध ढंगले हामी अघि वढ्नेछौं ।
  • हरेक सदस्यको हकमा समृद्धिको अभियानको इकाईदेखि टोल, वडा पालिका सम्म आफूलाई योग्य सावित गर्ने, इमान्दार र लगनशील बनाइराख्ने, लक्ष्यप्रति केन्द्रित बनाइराख्ने, सामूहिकताको अभियन्ताका रूपमा, समृद्धिको अभियन्ताका रूपमा र सामाजिक रूपान्तरणको नेतृत्वको रूपमा आफूलाई सक्षम सावित गर्ने यो एउटा सुनौलो अवसर हो । यो अभियान सञ्चालनको क्रममा पक्कै पनि कयौं समस्याहरू आउने छन् । जनताको स्वार्थभन्दा व्यक्तिको स्वार्थ हाबी हुन खोज्दा बेलाबेला विभिन्न विचलनहरू समेत देखा नपर्ला भन्न सकिन्छ । हामी एकले अर्कालाई सुझाव सल्लाह दिदै अगाढी बढ्नुपर्दछ । सुरु सुरुमा आर्थिक संकटहरू समेत व्यहोर्नुपर्नेछ । तर समाजवादी समाज निर्माण गर्ने दृढ इच्छाशक्तिका सामु यी सबै समस्याहरू परास्त हुनेछन् । हामीले सामाजिक रूपान्तरणको नयाँ उचाई हासिल गर्दै जानेछौ । नेतृत्वको नयाँ नयाँ क्षमतावान टिम विकसित हुँदै जानेछ ।
  • आर्थिक समृद्धि समाजवादी रूपान्तरणको पहिलो सर्त हो । आर्थिक समृद्धिबिना जनताको जीवनस्तरमा परिवर्तन आउन सक्दैन । जनताको जीवन स्तरमा सकारात्मक परिवर्तनबिना सामाजिक रूपान्तरणको अभियान सफल हुँदैन । सामाजिक रूपान्तरणबिना समाजवाद स्थापनाको सपना साकार हुन सक्दैन । त्यसैले हामीले आर्थिक समृद्धि हासिल गर्नुको कुनै विकल्प छैन । त्यसको लागि देहायबमोजिको अभियान संचालन गर्न जरूरी छ ।

(क) उत्पादन रोजगारी तथा विकास अभियानः

  • कृषि सहकार्य समूहहरूलाई उत्पादन युनिटका रुपमा परिचालन गर्ने ।
  • श्रम सहकारी गठन गरी उत्पादन कार्यका लागि परिचालन गर्ने ।
  • रोजगारी र उत्पादन क्षेत्रको खोजी र पहिचान गर्ने ।
  • उत्पादनको लागि प्रविधिको साधन स्रोतको खोजी र आपूर्ति गर्नुका साथै बजारीकरणको व्यवस्था गर्ने ।
  • कृषि र जडिबुटी जन्य उद्योग स्थापनाका लागि पहल गर्ने ।
  • उत्पादनमा जनपरिचालन गर्ने विविध तालिमको व्यवस्था गरी जन शक्ति र क्षमता विकास गर्न र नेतृत्व प्रदान गर्ने ।
  • उत्पादक शक्तिको विकास र उत्पादनका साधनमा सामुदायिक स्वामित्व स्थापना गर्ने ।
  • भूमिहीन, दलित तथा श्रममा मात्र आश्रित गरिब, उत्पीडित श्रमिकहरुलाई प्राथमिकता दिई कृषि सहकार्य समूह, श्रम, सहकारी उत्पादन सहकारी र वित्तीय सहकारी मार्फत काम सहितको मामको व्यवस्था गर्ने ।
  • बाँझो तथा सार्वजनिक जमिन को पहिचान गरी भूमिहीन तथा श्रमिकहरुलाई सामूहिक खेतीको गर्न व्यवस्था गर्ने ।
  • माटो, हावापानीको आधारमा सबै जमिनको उपयोग, वनजंगल अन्य प्राकृतिक स्रोतहरूको समुचित प्रयोग र परिचालन गरी उत्पादन र रोजगारी वृद्धि गर्ने ।
  • दलित तथा महिलाहरूको समूह सहकारी निर्माण गरेर उत्पादन र रोजगार कार्यमा आवश्यक प्रविधि, औजार लगायत अन्य सहयोग उपलब्ध गराउने ।
  • पालिकामा बनेका कृषि सहकार्य समूहलाई प्रति समूह १० लाखसम्मको सहुलियत ऋण उपलब्ध गराई कृषि कार्यमा लगानी गर्ने ।
  • गरिबहरूको पहिचान गरी सबैको अनिवार्य स्वास्थ्य बीमा गर्ने र
  • घर बास नभएका सबैलाई घर बासको व्यवस्था गर्ने ।
  • युवाहरूलाई प्राबिधिक तालिम, स्वयमसेवक, नगर प्रहरी, श्रम सहकारी, खोज अनुसन्धान कार्य, कला तथा साहित्य, खेलकुद, शैक्षिक क्षेत्र आदिमार्फत संगठित गरी परिचालन गर्ने। सरकारले नगर ÷ गाँउ प्रहरी गठना तथा परिचालन गरी आर्थिक विकास र उत्पादनमा लगाउने ।
  • वातावरणीय र सामाजिक स्वच्छता कायम गर्न लागि पर्ने ।

(ख) सामाजिक सांस्कृतिक रूपान्तरणः

  • आधारभूत सामाजिक मूल्य मान्यता कायम गर्ने र निरन्तर पालनामा जोड दिने ।
  • परम्परागत रूपमा रहदै आएका राम्रा साँस्कृतिक मूल्य मान्यतालाई अगाडि बढाउने, तिनको प्रचार प्रसार गर्ने ।
  • नैतिक मूल्य मान्यताको अनुशरण गर्ने, गराउने ।
  • युवाहरूलाई विभिन्न खालका कुलत, अराजकताबाट बचाउने, परिश्रमी बनाउने र श्रृजनशील बनाउने । बालबालिकाहरूलाई भावि समाजको समग्रमा नेतृत्व विकासका लागि आधार तयार पार्ने ।
  • प्रारम्भिक कक्षा देखि ८ कक्षासम्म अनुशासन, नैतिकता, राष्ट्रियता, समानता, स्वयमसेवी भावना, स्वावलम्बी, श्रमप्रतिको सम्मान, समाज विकासको प्रक्रियाका साथै वैज्ञानिक दृष्टिकोण निर्माणको बाटोमा अगाडि बढ्न प्रशिक्षित गर्न आवश्यक पाठयक्रमसहित अतिरिक्त कक्षा सञ्चालन गर्ने ।
  • स्थानीय कला–साहित्य, संस्कृतिको विकास प्रवर्द्धन, लोक संस्कृति र त्यस क्षेत्रमा संलग्न व्यक्तिहरूको क्षमता विकास र रक्षा गर्न संगठित गर्दै परिचालन गर्न आवश्यक सहयोग गर्ने ।
  • जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू, टुहुरा बालबालिका तथा असहायहरूलाई संरक्षण तथा सहयोग गर्ने ।
  • जनयुद्ध, जनआन्दोलन तथा अन्य संघर्षका क्रममा बलिदान गर्ने शहीदहरूप्रति उच्च सम्मान, परिवारहरूलाई विभिन्न सहकारी समूहमा संगठित गरी परिचालनका साथै घाइते अपाङ्गहरूलाई सहयोग गर्ने ।
  • जनप्रतिनिधि, सरकार र प्रशासनले जनताप्रतिको उत्तरदायित्व, ढिलासुस्ती अन्त्य, जनताका समस्या समाधानप्रति इमान्दार, अनुशासित, विनयशील ढंगले काम गर्ने ।
  • जनप्रतिनिधि तथा स्थानीय सरकार अन्तर्गत काम गर्ने कर्मचारी, स्वयमसेवक, प्रहरी, शिक्षक सबैलाई कार्य सम्पादन, जनसम्बन्ध, प्रशासन, लगायतका विषयमा तालिम दिने, अनुगमन गर्ने, कार्वाही र पुरस्कारको व्यवस्था गर्ने । मासिक समीक्षा तथा मूल्याङ्कन गर्ने ।
  • समाजमा विद्यमान वर्गीय, जातीय, सामाजिक, सांस्कृतिक, लिङ्गीय विभेद, उच–निच अन्त्य गर्न जनतालाई सक्रिय बनाउनुको साथै सामाजिक एकता, सदभाव र सहिष्णुता कायम गर्ने । बहुबिवाह, बालबिवाह, अनमेल बिवाह, महिला हिंसा आदिलाई अन्त्य गर्दै प्रेम सम्बन्ध तथा आपसी सहमतीय, प्रेममा आधारित विवाहलाई प्रोत्साहित गर्ने ।
  • जेष्ठ नागरिक संरक्षण, असाहयहरूको संरक्षण, बालमैत्री व्यवहार साथै माया र स्नेहभावको विकास गर्ने ।
  • जनताले विकास गर्दै आएका असल सामाजिक मूल्य मान्यताहरू, तिनको असल संस्कृति, भेषभुषा, भाषा, पहिचान, योगदानलाई थप विकसित र स्थापित गर्ने ।
  • समाजमा माटोप्रतिको माया, राष्ट्रभक्ति, परिश्रमी, उद्यमी हुने र आत्मनिर्भर बन्ने संस्कारको थप विकास गर्ने ।
  • राज्य सञ्चालक, सरकारमा रहेर काम गर्ने जनप्रतिनिधि, सामाजिक अगुवा, प्रशासनिक र प्राविधिक निकाय, जनसेवा, न्यायपूर्ण, समानतामा आधारित पारदर्शी, विनयशील र व्यवहार कुशल बनाई ड्डजनतासँग एकाकार भएर जनतालाई हरदम उत्साहित बनाइराख्ने ।
  • ठुलो त्याग बलिदानबाट निर्मित संविधान र तद अनुसारका कानुनहरूलाई स्थापित गर्न, त्यसको परिपालना, कार्यान्वयनमार्फत समाजलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्नुका साथै जनताका आवश्यता अनुरूप तिनको विकास गर्ने वातावरण बनाउने । जनता बीचका अन्तरविरोधहरू चाहे ती सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक एवं साँस्कृतिक, जातीय, वर्गीय जुनसुकै भएपनि न्यायपूर्ण प्रगतिशील आदर्श मूल्यका आधारमा समाधान गर्ने ।
  • समाजको हरेक पंक्तिलाई प्रभावकारी रूपमा आफ्नो भूमिका खेल्न परिश्रमी, इमान्दार, फारोतिनो गर्ने बानी, सहयोगी र सामूहिक भावनाको विकास गर्ने। सही विचारको आत्मसातीकरण गर्दै आम चेतना विकास गर्ने ।
  • सही र गलत, साँचो र झुटो, खराब र असल स्वीकार्य र अस्वीकार्य, सामाजिक हित र अहित, प्रगति र दुर्गतिको स्पष्ट पहिचान गर्ने । दुरूत्साहन र प्रोत्साहनको नीति लागु गर्ने ।
  • लोक साँस्कृतिक टीमहरू, कलाकारहरू, लेखक, साहित्यकारहरू, नाट्यकर्मीहरूमार्फत त्यसको प्रदर्शन, थप सिर्जना र विकासका लागि समाजको परिवर्तनमा योगदान गरेका स्थानीय स्तरका व्यक्तित्वहरू, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका घटनाक्रम र व्यक्तित्वहरूलाई स्थापित गर्ने ।
  • आफ्नो जीवन उत्सर्ग गरेर सामाजिक परिर्वतन गर्ने महान शहीदहरूप्रति सम्मान गर्ने र प्रेरणा लिने सँस्कृतिलाई आत्मसात गर्ने ।
  • सामाजलाई निरन्तर प्रगतिको मार्गमा उठाउन, नयाँ–नयाँ अनुसन्धान, खोज, नयाँ प्रविधिको प्रयोगका साथै शिक्षामा निरन्तर सुधार गर्न थप सहयोग गर्ने ।
  • भ्रष्टाचार बिरुद्ध अभियान, हिसाव किताबलाई जनताका बीचमा राख्ने, गैर कानुनी सम्पत्ति आर्जन, शोषण, सुदखोरी, चोरी, लुटपाट, गुण्डागर्दी, प्राकृतिक श्रोतको दुरूपयोग आदि विरूद्ध खबरदारी गर्ने ।
  • जनपक्षीय नीति लागु गर्ने । “जनपक्षीय नीतिमा आवद्ध हुनु भनेको जनता समाजको भविष्य र भाग्यको निर्माण गर्ने मौलिक शक्ति हुन भन्ने मान्यतालाई आत्मसाथ गर्ने ।
  • नेतृत्व, जनप्रतिनिधि तथा समाजिक अगुवाहरूका उदाहरणीय कामहरूलाई स्थापित गर्ने र गलत काम कार्वाही गरेमा तिनको आलोचना गर्ने र नसच्चिएमा भण्डाफोर गर्ने ।

३०.  निर्देशिका कार्यान्वयन संरचना

  • सामाजिक, सांस्कृतिक रूपान्तरणको कार्य गर्ने गरि सामाजिक रूपान्तरण तथा सुधार समिति’ गठन गरि माथि उल्लेखित विषयहरू कार्यान्वयन गर्न अभियानात्मक रूपमा अगाडि बढाउने ।
  • ‘रोजगार, उत्पादन, गरिबी निवारण तथा विकास निर्माण समिति’ गठन गरी माथि उल्लेखित विषयहरू कार्यान्वयन गर्न
  • अभियानात्मक रूपमा अगाडि बढाउने ।
  • प्रस्तावित भावि योजना :-

➢संघर्षः

  • एक घर एक स्वयंमसेवक
  • एक गाउं एक खेल मैदान
  • एक गाउँ एक सुरक्षा टिम स्वयंसेवक टिम
  • उत्पादनः एक घर एक उत्पादन, एक घर एक व्यवसाय, एक टोल एक संकलन केन्द्र, एक वडा एक उद्योग
  • एक गाउँ एक उत्पादन एक घर एक रोजगारी–सवैलाई रोजगारी/ बेरोजगारलाई भत्ता, प्रचारः एक गाऊं एक सूचना केन्द्र, IT साक्षरता, कम्प्यूटर शिक्षा, क्षमता अभिवृद्धि जन संञ्चार र आम संचार मैत्री हाम्रो गाउँपालिका प्रिन्ट, अडियो (रेडियो) भिडियो TV अनलाइन सामाजिक संजालको स्थापना र विकास ।

अन्य :-

  • हरेक महिनाको पहिलो हप्तालाई जनसेवा सप्ताह बनाई पहिलो शुक्रवार / शनिवार अनिवार्य जनसेवाको योजना बनाई कार्यान्वयन गर्ने ।
  • हरेक महिनाको दोस्रो हप्तालाई प्रतिभा प्रस्फुटन सप्ताह बनाउने गरी दोस्रो शुक्रवार/ शनिवार अनिवार्य प्रतिभा प्रस्फुटनको योजना बनाई कार्यान्वयन गर्ने ।
  • हरेक महिनाको तेस्रो हप्तालाई मनोरञ्जन सप्ताह बनाई तेस्रो शुक्रवार / शनिवार अनिवार्य मनोरञ्जनात्मक कार्यक्रमको योजना बनाई कार्यान्वयन गर्ने ।
  • हरेक महिनाको चौथो हप्तालाई समिक्षा सप्ताह बनाई चौथो शुक्रवार / शनिवार अनिवार्य समिक्षा बैठकको आयोजना गरी विगतका कार्यक्रमको समिक्षा गर्दै भावि कार्यक्रमहरु तर्जुमा गर्ने ।

उपस्थित सभा सदस्यहरु ! अन्त्यमा, यस गाउँसभामा उपस्थित हुनु हुने उपाध्यक्ष ज्यू, गाउँसभाका सदस्यज्यूहरु, गाउँपालिका सम्पूर्ण कर्मचारीहरु, पत्रकारहरु प्रति आभार तथा धन्यवाद व्यक्त गर्दछु । बिगतका सकारात्मक र जनपक्षिय कामलाई निरन्तरता दिदै “ ग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका” को आकांक्षालाई सफल बनाउन यहाँहरुको सल्लाह सुझावलाई मार्गदर्शनको रुपमा लिई गाउँपालिका अगाडि बढेको व्यहोरा यहाँ माझ स्मरण गर्न चाहन्छु । प्रस्तुत नीति तथा कार्यक्रमलाई पूर्णरुपमा सफल बनाउन यहाँहरुको सल्लाह सुझावको अझ बढी आवश्यकता हुने भएकोले तदनुरुप यहाँहरुका सल्लाह सुझावहरु गाउँपालिकाले प्राप्त गर्नेछ भन्ने अपेक्षा गर्नुको साथै त्यस्ता सल्लाह सुझावलाई मार्गदर्शनको रुपमा लिएर गाउँपालिकालाई अगाडि बढने विश्वास दिलाउदछु ।

पालिकाले नीति तथा कार्यक्रम अनुसार अाज बजेट सार्वजनिक गरेकाे छ । पालिका उपाध्यक्ष अमृतादेवी वस्तीले बजेट प्रस्तुती गरेकी हुन् ।

 

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here