बारपाकमा रहेको तरकारी पकेट क्षेत्र कार्यक्रमको अवलोकन

शुक्रबार, असार १७, २०७९
0
133

बारपाक सुलिकोट गाउँपालिका वडा नं. २ मान्द्रेमा संचालित तरकारी पक्ट कार्यक्रमको पालिका उपाध्यक्ष सनमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्य, इन्जिनियर अभिनव गौतम लगायत कृषि कृषि प्राधिकले अनुगमन गरेका छन् ।

आर्थिक बर्ष २०७८÷०७९ मा संचालिन कार्यक्रम अन्र्तगत बारपाक मान्द्रेमा ५० रापनी क्षेत्रफल भित्र २१ भन्दा बढी टर्नेलमा मान्द्रे तरकारी उत्पादन पकेट क्षेत्र संचालक समिति निर्माण गरी काम सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले बताए ।

कृषकलाई स्वरोजगार बनाउन र पालिकालाई कृषिमा आत्मनिर्भर बनाउन पकेट क्षेत्रको रुपमा कृषि उत्पादनमा जोड दिएको उनले बताए । उनका अनुसार मान्दे्र तरकारी पकेटले बारपाक क्षेत्रको मात्र नभइए सिंगो पालिकामा उत्पादिन बस्तुहरु निर्यात तथा बजारीकरण गर्ने छ । कुल ११ लाख ४० हजार सात सय ४७ रुपैया ४ पैसाको स्टीमेट रकममा सम्पन्न पकेट कार्यक्रममा कृषिकले ५ लाख ४० हजार तीन सय ७२ रुपैया ५३ पैसा लगानी गरेका छन् । यो बर्ष मात्र करिब ४ लाख रुपौया बराबरको तरकारी बिक्री गरिएको अध्यक्ष मनमाया गुरुङकाे भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here