स्याम्चेत पहिराेबाट एकसय ५५ घर जाेखिममा, तत्काल बसाेबासकाे व्यवस्था मिलाउनुपर्दछ : साँसद अधिकारी

शुक्रबार, असार ३१, २०७९
0
205
फाइल फाेटाे

गोरखा, ३१ असार । गोरखाको आरुघाट गाउँपालिका १ मान्बु स्थित श्याम्चेतमा पहिरोका कारण १ सय ५५ घर जोखिममा परेका साँसद अधिकारीले बताएका छन् । प्रतिनिधि सभाकाे बैठकमा साँसद अधिकारीले साे कुरा बताएका हुन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सो निर्वाचन क्षेत्रका सांसद हरिराज अधिकारीले बुधबार साँझ ६ बजे भएको पहिरोको घटनाका कारण ४० घर र पशु चौपाया बगाएकोबारे संसद र सरकारलाई जानकारी गराउनु गराए ।

दुई वटा पहिरोका कारण १ सय ५५ घर जोखिम रहेको र उनीहरु यथास्थितिमा बस्ने अवस्था नभएको उनले बताए । सांसद अधिकारीले उनीहरुको बैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here