गाेरखा जिल्लाका २८ हजार १८ जना बालबालिकालाइ काराेना विरुद्धकाे फाइजर खाेप लगाइने

आइतवार, साउन २९, २०७९
0
192

गोरखा, २९ साउन । गोरखा जिल्ला ५ बर्ष देखि ११ बर्षसम्मका बालबालिकाहरुलाई यही भदौ ५ गतेदेखि कोरोना बिरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय गोरखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार अभिमुखीकरण कार्यक्रममा जिल्ला भित्रका बालबालिकाहरुलाई भदौ ५ गतेदेखि ८ गतेसम्म  विद्यालयमा पुगेर कोरोना बिरुद्धको खोप लगाउने तयारी थालेको जनाएको छ ।

चुमनुव्री गाउँपालिका बाहेकका १० वटै पालिकाहरुका विद्यालयमा स्वास्थ्यकर्मी तथा स्वयसेवकको टोली परिचालन गरी कोरोना बिरुद्धको फाइजर बायोएनेटक खोप दिन लागिएको स्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले जानकारी दिनुभयो दिए ।

केन्द्रमा एक जना खोप लगाउने स्वास्थ्यकर्मी बाहेक थप दुई जना स्वास्थ्य स्वयसेवक रहने छन् ।  एक जना स्वयसेवक अनिवार्य महिला हुनुपर्ने गरी व्यवस्था मिलाएका छौ । अभियानमा छुट भएका बालबालिकाहरुलाई भने नजिकै रहेको स्वास्थ्य संस्थाबाट खोप दिने व्यवस्था मिलाइएको जनस्वास्थ्य निरीक्षक दानीले जानकारी दिए । अभियान अन्तर्गत गोरखा जिल्लाका १० पालिका भित्रका २८ हजार १८ जना बालबालिकाहरुलाई कोराना बिरुद्धको खोप लगाउने लक्ष्य रहेको उनको भनाई छ ।

जसमा विद्यालय भित्र रहेका २७ हजार ६ सय १३ जना र विद्यालय बाहिर रहेका ४ सय ५ जना बालबालिका रहेका छन् । केन्द्रीय कार्यक्रम अनुसार ९ गतेभित्र अभियान सम्पन्न गर्ने लक्ष्य रहेपछि कार्यालयले भने जिल्लामा ८ गते भित्र खोप लगाई सक्ने गरी कार्यक्रम तय गरेको जनाएको छ । खोप अभियानमा सहभागी हुनका लागि परिवारका अभिभावकहरुले उमेरको स्वघोषणा गरेको भएपनि हुने जनस्वास्थ्य निरीक्षक दानीले जानकारी दिए ।

अभियान सम्पन्न गर्नका लागि जिल्लाभरका ४ सय ८३ जना स्वास्थ्यकर्मीलाई तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी सकिएको कार्यालयले जनाएको छ । फाइजर बायोएनेटक खोप रोग प्रतिरोधात्मक क्षमता कम भएका, दिर्घरोगी तथा कोरोना संक्रमण भएको ३० दिन नकटेकाहरुलाई लगाउन नहुने उनले बताए । फाइजर बायोएनेटक खोप लगाएका बालबालिकाहरुले पुनः दोस्रो डोजको खोप २१ दिन पछि अनिबार्य लगाउनु पर्ने कार्यालयले जनाएको छ । अभिमुखीकरण कार्यक्रम स्वास्थ्य कार्यालय गोरखाका प्रमुुख नरजंग ठकुरीको अध्यक्षतामा भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here