विकृति, विसंगती न्यूनिकरणमा सामुदायिक सेवा केन्द्रको भूमिका प्रशंसनिय : मन्त्री थापा

मङ्लबार, साउन ३१, २०७९
0
173

साउन ३१, पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले समाजमा भएका विकृति, विसंगती न्यूनिकरणमा सामुदायिक सेवा केन्द्रले खेलेको भूमिका प्रशंसनिय रहेको बताउनुभयो । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको २२ औं साधारण सभामा बोल्दै उनले यस्ताे बताएका हुन ।

‘विकृति विसंगति रहित समाजको निर्माणमा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाले खेलेको भूमिका महत्वपूर्ण छ । नागरिक र प्रहरी बीचको सम्बन्धद्वारा सुसंस्कृत एवम् समुन्नत समाजको परिकल्पना गर्न सकिन्छ ।’, मन्त्री थापाले सामुदायिक सेवा केन्द्र स्थानीय, जनसमुदायको सहयोगमा नेपाल प्रहरीसँग सहकार्य गरी विभिन्न प्रकारका सामाजिक, सांस्कृतिक तथा धार्मिक क्रियाकलापमा संलग्न भएको देख्दा खुशी लागेको बताए।

उनले सभ्य समाज निर्माणमा यस्ता सेवा केन्द्रहरु साहायक सिद्ध हुने विश्वास व्यक्त गर्नुभएको छ । संस्थाका लागि संस्था खोलेर मात्र नभई काम गरेर देखाउनुपर्ने आवश्यकतालाई रहेकाे बताए ।  सामाजिक कुरितिलाई न्यूनिकरण गर्ने सवालमा सामुदायिक सेवा केन्द्र अग्रस्थानमा रहेको अभिव्यक्ति उनकाे थियाे ।

सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष धर्मदत्त आचार्यले विकृति विसंगति रहित समाजको निर्माण नै आफुहरुको उद्देश्य रहेको बताउनुभयो । उहाँले संस्थालाई यहाँसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा पत्रकार श्याम कुँवरलाई सामुदायिक सेवा वर्ष २०७९ मार्फत सम्मान गरिएको छ । उहाँलाई नगद रु ११ हजार १ सय ११ रुपैयाँ, दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको हो ।

कार्यक्रममा सचिव उत्तम जोशीले सामुदायिक सेवा केन्द्र पृथ्वीचोकले गरेका कामकारबाहीका विषयमा जानकारी गराउनुभएको थियो । उहाँले समाजमा भएका समस्यालाई समाधान गर्ने विषयमा सामुदायिक सेवा केन्द्र अगाडि बढीरहेको बताए ।

कोषाध्यक्ष तीर्थ शर्मा ढकालले वार्षिक आयव्यय प्रस्तुत गर्दै सेवा केन्द्रले आ.व. २०७८ र ०७९ मा १३ लाख ४४ हजार ९६६ रुपैयाँ आम्दानी गरेको र १० लाख ९६ हजार ४४४ रुपैयाँ खर्च भएको जानकारी गराउनुभयो । उपाध्यक्ष कमल बहादुर श्रेष्ठले स्वागत गरेको कार्यक्रममा लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष त्रिलोचन लामिछाने, जाल्पादेवी महिला उद्धार समितिकी अध्यक्ष राधिका थापा लगायतले बोलेका थिए ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा आज भन्दा २२ वर्ष अगाडि खोलिएको संस्था हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here