मुस्ताङ । मुस्ताङ अस्पतालमा शल्यक्रिया सहित प्रसुती शुभारम्भ भएकाे छ । डा. कुन्दन कर्ण, MDGP, डा बिशाल तिवारी, डा राजिव सापकोटा, स्टाफ नर्श निता घर्ती मगर, सुनिता श्रीमल र कार्यालय सहयोगी सनिलाल परियार लगायतको टाेलीले सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको हो ।
आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विशाल तिवारीले जानकारी दिए । थासाङ-२ लेते, मुस्ताङ स्थायी घर भएकी २१ वर्षिया अनिता परियारको शल्यक्रिया भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएकाे छ । गण्डकी प्रदेश स्थित स्वास्थ्य मन्त्रालयले प्रदेश भित्रका अस्पतालकाे सेवामा नागरिकहरुलाइ सुविधा प्रदान गरिरहेकाे छ ।






