तनहुँ क्षेत्र नम्बर १ काे सँघीय साँसद म हुँ : साँसद चुमान

शनिबार, भदौ ११, २०७९
0
179

तनहुँ । गण्डकी प्रदेशका साँसद एवँ पूर्व आन्तरिक तथा कानुन मन्त्री हरी बहादुर चुमानले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ काे सँघीय साँसद गठबन्धनकाे तर्फबाट आफू रहने बताएका छन् ।

जिल्लाकाे आँवुखैरेनी गाउँपालिका वडा नम्बर ४ स्थित छिम्केश्वरी मा‍विकाे पक्की भवन उद्घाटनकाे क्रममा आयाेजित कार्यक्रममा चुमानले आफू सँधै प्रदेशमा मात्रै उम्मेदवार हुनुपर्छ भन्ने नरहेकाे बताए । राजनैतिक चेतना र त्याग आफ्नाे कसैकाे भन्दा कमी नरहेकाे उनले बताए  ।

तनहुँका जनताले आफूलाइ खाेजेकाे र सँघबाट नै तनहुँमा राजनीति गर्न आफू तयार रहेकाे उनले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुद्ध बहादुर थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका उप प्रमुख बाबसुदेव थापा, आँवुखैरेनी गाउँपालिका उपप्रमुख दुर्गा अर्याल,  शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख बसन्तराज पाैडेल, पत्रकार महासँघका तनहुँ जिल्ला अध्यक्ष उज्जवल पाैडेल लगायतले मन्तव्य राखेका थिए  ।

विद्यालयमा पहिलाे पटक ७२ लाख रुपैयाँ लगानीमा पक्की चारकाेठे भवन निर्माण भएकाे विद्यालयले जनाएकाे छ ।

तनहुँ क्षेत्र नम्बर १ काे साँसद आफू रहने घाेषणा यस अघि हालका साँसद कृष्णकुमार श्रेष्ठले दावी गरेका छन् भने  गठबन्धन दलबाट रामचन्द्र पाैडेल आफू साँसद भएर प्रधानमन्त्री हुने बताउँदै आएका छन् । सरकारले सँघ र प्रदेशकाे निर्वाचन घाेषणा  भए लगतै आफ्नाे उम्मेदवारी सार्वजनिक रुपमा घाेषणा गर्दै आएका छन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here