नरैनापुर पुगेर अर्थ मन्त्री शर्माले भने, “कसैलाई भोकै बस्न नदिने छैन्”

शुक्रबार, भदौ १७, २०७९
0
129

बाँके । लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गरिएको नरैनापुर गाउँपालिकाको अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार स्थलगत अनुगमन गरेका छन् । उनले नरैनापुरका नागरिकहरुलाइ भाेकै नराख्ने बताएका छन् ।

अर्थ मन्त्री शर्माले नरैनापुर क्षेत्रको सुख्खा ग्रस्त क्षेत्रमा कुरा गर्दै भन्नुभयो, नरैनापुरको घडेरी देख्दा मलाई मर्माहित बनाएको बनाउदै मन्त्री परिषदमा गएर कुरा राख्ने र तत्काल राहातको केन्द्रीय सरकारबाटै राहतको व्यवस्था गराउने बताएका छन् ।

अर्थ मन्त्री शर्मा नरैनापुरका स्थानीय जनप्रतिनिधी, किसान र सर्वसाधारणसंग विस्तृत रुपमा जानकारी लिनुका साथै मन्त्री शर्मा गाउँपालिकाको केही वडामा पुग्नुका साथै भारतीय सिमा नाका बघौडा सम्मको स्थलगत अनुगमन गरेका थिए  ।  प्रयाप्त पानी नपर्दा सो क्षेत्रमा जेनतेन १५ प्रतिशत मात्रै रोपाई भएको र सो पनि पछि सुकेर काम नलाग्ने भएको नरैनापुर ५ का वडा अध्यक्ष कृष्ण चन्द्र मौर्यले मन्त्रीलाई जानकारी गराएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here