गोरखा । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले आफु गोरखाको दल बिशेष भन्दा पनि साझा उमेद्वारको रुपमा चुनाव लड्न् चाहेको बताएका छन् ।
गोरखाको पहिलो पूर्ण बैठकमा सहभागी हुन आज गोरखा आइपुगेका डा. भट्टराईले सदरमुकाममा पत्रकारहरुसंग कुराकानी गर्दै कुनै दल बिशेषको नेता वा उमेद्वारको रुपमा भन्दापनि गोरखाको साझा उमेद्वारको रुपमा चुनाव लड्ने आफ्नो इच्छा रहेको बताएका छन् । गठबन्धन दलहरुले आफूलाइ साझा उम्मेदवार बनाउनुपर्ने उनकाे माग रहेकाे छ ।
यस अघि भट्टराइ नेपाली काँग्रेसकाे सहयाेगमा निर्वाचित भएका थिए । भट्टराइकाे पार्टी एक्लै चुनावमा जाँदा जित्ने सम्भावना नभएपछि गठबन्धन दलहरुसँग भट्टराइले राजनैतिक रुपमा गुहार गरेका हुन् ।






