पाेखरा १९ भदाै ।
एच टी मल्टि प्रपोज प्रा.लि. मार्फत सञ्चालनमा आएकाे “ढुक्क” एप होम सर्भिस, डेलिभरी तथा यातायात नेटवर्क कम्पनी हो ।स्मार्ट मोटरसाइकल ग्यारेज सर्भिस, सम्पुर्ण घरायसी मर्मत सुबिधा, राईड सेयरिङ, हालको निमित्त ट्याक्सी र निकट भविष्यमा बाईक राईडिङमा पनि सेवा प्रदान गर्ने छ भने हाल काठमाडौ मा बाइक राईडिङ पाेखरामा बाईक तथा ट्याक्सी बुकिङ सुविधा भैरहेको र चितवन लगाएत अन्य सहरहरु मा अटो रिक्सा बुकिङ सुबिधा रहेकाे यस कम्पनीका (एपका) संस्थापक लिलानाथ सापकोटा ले आज पाेखरा मा भएको पत्रकार सम्मेलनमा बताए ।
रुटको आधारमा राईड सुबिधा छान्न सकिने हुँदा यात्रु र चालकलाई सुबिधा हुने भन्दै यस कम्पनीका सह संस्थापक कवि गौतम ले यस एप तथा कम्पनीको बारेमा जानकारी दिए । साथै डेलिभरी सर्भिस पनि उपलब्ध रहेकाे र डेलिभरीकाे लागी बाईक, कार्गो भ्यान, मिनि ट्रक र पिकअप ट्रक मार्फत सेवा दिने र नेपालमै बनेको मोबाईल एप हाल को लागि गुगल प्ले स्टोर मा उपलब्ध हुने पनि यस कम्पनीका प्रबन्ध निर्देशक तथा संस्थापक सुजन अर्यालले जानकारी दिए।






