गाेरखा । गण्डकी गाउँपालिकाकाे कार्यालय वडा नम्बर ६ स्थित ताेमनडाँडामा स्थानान्तरण भएकाे छ । बुधबार गाउँपालिका अध्यक्षले गाउँपालिका कार्यालय उद्घाटन गरेका हुन् ।
यस अघि गाउँपालिकाकाे कार्यालय अपाएक परेकाे भन्दै फुजेल, ताङ्लीचाेक, दरबुङ, घ्याल्चाेकका नागरिकहरुले पालिका कार्यलय सार्नुपर्ने बताउँदै आएका थिए । पालिका भित्रका नागरिकहरुकाे हितका लागि आफुले निर्वाचनमा विजयी हासिल गरेकाे बताउँदै गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले जनतालाइ जसरी सुविधा हुन्छ त्यही म्यान्डेट अनुसार काम गर्ने उनले बताए ।






