गोरखा । गोरखाको शहीद लखन गाउँपालिकाले पालिका भित्रका सार्वजनिक सडक तथा स्थलहरुमा आवागमन नै अबरुद्ध हुने गरी राखिएका सामाग्री हटाउन निर्देशन दिएको छ । गाउँपालिकाले आज एक सूचना निकाल सार्वजनिक सडक तथा स्थलहरुमा आवागमन नै अबरुद्ध हुनेगरी सडक खन्ने माटो थुपार्ने तथा निर्माण सामाग्री नराख्न र राखेको भए तत्काल हटाउन भनेको हो ।
गाउँपालिकाले त्यस्ता कार्यले सडक बिगार्ने वा क्षति पुर्याउने भएकाले गाउँ कार्यपालिकाको गम्भीर ध्यानकर्षण भएको जनाएको छ । गाउँपालिकाले जारी गरेको सूचनामा त्यस्ता कार्यले सडक बिग्नु मात्र नभएर सवारी तथा सर्वसाधारणलाई आवतजावतमा समेत प्रतिकल असर परि सडक दुर्घटनाको समेत जोखिम बढेको उल्लेख गरिएको छ ।
गाउँ कार्यपालिकाले बैठकले सडक खन्न तथा निर्माण सामाग्री थुपार्न निधेष गर्ने निर्णय नै गरेकाले सार्वजनिक सडक अनाबश्यक नखन्न र सडकमा निर्माण सामाग्री राखिएका भए ७ दिनभित्र हटाउन गाउँपालिकाले निर्देशन दिएको हो । त्यस्तै सार्वजनिक स्थलमा फोहोर नफाल्न समेत गाउँपालिकाले सूचना मार्फत सवैलाई अनुरोध गरेको छ ।






