आजदेखि निर्वाचन आचारसँहिता लागु

बुधबार, असाेज १२, २०७९
0
135

गाेरखा ।   आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

निर्वाचन आयोगले भोलि असोज १२ गते बुधवारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मनासलु डटकमलाइ लाई जानकारी दिए ।

आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको पनि जनाएको छ । यस अवधिमा निर्वाचनलाइ प्रभावित पार्ने गरी कुनैपनि काम गर्न पाइँदैन । निर्वाचनका बेला पार्टीका झण्डा १० वटा प्रयाेग गर्न पाइने छ । निर्वाचन प्रचारमा २५ जना भन्दा धेरै सहभागि हुन पाइँदैन । मन्त्री र मुख्यमन्त्रीले आफ्नाे निर्वाचन क्षेत्रबाहेक अन्यत्र पुगेर निर्वाचन प्रचार गर्न पाउने छैनन् । निर्वाचनलाइ प्रभावित गर्न नयाँ याेजना, नियुक्ती, सरुवा बढुवा गर्न पाइने छैन ।

निर्वाचनका समय राष्ट्रिय झण्डा लिएर प्रचारमा हिड्न पाइने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here