मध्य क्षेत्रकाे अत्यन्त सुरक्षित खण्ड गाेरखा हाे : पूर्व साँसद अधिकारी

बुधबार, असाेज १२, २०७९
0
170
राजेन्द्र न्याैपाने
गाेरखा ।  जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर १ का पूर्व साँसद हरीराज अधिकारीले गाेरखा नेपालकाे मध्यक्षेत्रकाे अत्यन्त सुरक्षित खण्ड भएकाे बताएका छन् ।

भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ गाेरखाद्वारा आयाेजित खुला भलिवल प्रतियाेगिताकाे आज वाेर्लाङमा उद्घाटन गर्नुहुँदै अधिकारीले साे कुरा बताएका हुन् ।
१२०० मेघावाटकाे बुढीगण्डकी जलविद्युत आयाेजना निर्माणकाे चरणमा रहेकाे र त्यस  भन्दा माथि तीन हजार २०० मेगावाट विद्युत उत्पादनकाे परियाेजना प्रक्रियामा रहेकाे उनकाे भनाइ छ ।
देशमा पुजीवादी र समाजवादी दुवै व्यवस्थाकाे मिश्रणमा भएकाेले नागरिकहरुले साेचे जसरी विकास हुन नसकेकाे र अव हुने निर्वाचनले विकासलाइ पूर्णता दिने उनले बताए ।
बाेर्लाङ खेलकुद विकास समितिका अध्यक्ष निराजन श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पुरुष ९ र महिला ६ टिम सहभागि भएकाे छ । उद्घाटन खेल आजबाट सुरु भएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here