गाेरखा । भीमसेन थापा गाउँपालिकाले वृद्धाश्रमलाइ खसी प्रदान गरेकाे छ । लक्ष्मी नारायण धाम बुढी गण्डकी नदिकिनारमा रहेकाे आश्रमलाइ खाद्यन्न लगायत खसी प्रदान गरेकाे हाे ।
पालिका स्थापना पछि पहिलाे पटक वृद्धाश्रमले सहयाेग पाएकाेमा खुशी लागेकाे आश्रमका महासचिव बालकृष्ण लामिछानेले बताए । यस अघि भीमसेन थापा गाउँपालिकाले कारागारका बन्दीहरुलाइ खसी प्रदान गरेकाे थियाे ।

पछिल्लाे समय भीमसेन थापा गाउँपालिकाले पालिका भित्र रहेका नागरिकहरुकाे सेवामा डटेर काम गर्दै आइरहेकाे स्थानीय जानकारहरु बताउँछन् । पालिकाले आश्रममा भएका नागरिकहरुका लागि दुग्धजन्य पदार्थ ,फलफूल र मासुजन्य पदार्थ प्रदान गरेकाे हाे ।






