गाेरखा । भिमसेनथापा गाउपालिका ६ नम्बर वोडा ओख्लेपानी तान्द्राङ्गखाेला अन्तरगत अल्केटार भन्ने ठाउमा करिब साझ ७:३० बजे धान पराल बोक्ने क्रममा ना ६ त ५८६९ नम्वर काे ट्रयाक्टर अनियन्त्रीत भै दुर्घटना हुदा एक जनाकाे मृत्यु भएको छ । चालक ६ नम्बर वडाका सुनिल भट्ट घटना स्थल मै मृत्यु भएको स्थानिय विपिन श्रेष्ठले जानकारि दिए । घाइते ५ जना सामान्य स्थितिमा रहेको उनले बताए ।






