पाेखरा । एमालेनिकट युवा संघ पोखराका उपाध्यक्ष दीपक उप्रेतीले केपी ओलीकाे साथ छाेडेका छन् । उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन । बुधबार भएको युवा विद्यार्थी भेलामा उप्रेतीसहित ३५ जना एमाले परित्याग गरी माओवादी प्रवेश गरेको हाे ।
नवप्रवेशीहरुलाई नेकपा(माओवादी केन्द्र)का नेता एवं कास्की २ (१) मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले स्वागत गरे । लामिछानेले अहिले आफूहरुको मुख्य प्रतिवद्वता नेपाली जनता समृद्धि भएको बताए । उनले भने, मौलिक हक कार्यान्वयन गरेमात्र जनता समृद्ध हुन्छन् । यसका लागि हामी योजनावद्ध प्रयास गर्छौैंं ।’
लामिछानेले भने,‘नेतालाई मात्र समृद्धि आएर पुग्दैन । विपन्न परिवारको घरमा लालपुर्जा पुर्याउनुछ, जनताको समस्या समाधान गर्न गठबन्धनले चुनाव जित्नुपर्छ ।’
कास्की २ मा गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बरालले बाँकी दिनमा चलखेल हुन सक्ने भएकाले सजग हुन आग्रह गरे । उनले युवालाई जोडेर देशमै रोजगारी र समृद्धिका लागि गठबन्धनको जित जरुरी हुने बताए ।






