काठमाण्डौ । नेपाल र युएईबीचको ओडिआई सिरिज अन्र्तगत को तेस्रो तथा अन्तिम खेल आज हुदैंछ । त्रिवि मैदान कीर्तिपुरमा नेपालले टस जितेर युएईलाई ब्याटिङको निम्ता दिएको छ ।
नेपालले प्लेइङ ११ मा आज एउटा परिवर्तन गरेको छ । करन केसीलाई बेन्चमा राखेर हरिशंकर शाहलाई खेलाएको छ ।
यसअघि भएका दुई खेलमा दुबै टोलीले एक एक खेल जितेका छन् ।
आजको खेल जित्ने टोलीले सिरजमाथि कब्जा जमाउने भएकाले यो खेललाई निर्णायक मानिएको छ । यसअघि कात्तिक २८ गते भएको दोस्रो खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको थियो ।
कात्तिक २६ गते भएको पहिलो खेलमा भने नेपाल ८४ रनले पराजित भएको थियो। आजको अन्तिम खेल जित्दै सिरिज हात पार्ने दुबै टोलीको लक्ष्य रहेको छ ।






