गाेरखा । गोरखा आयुर्वेद कम्पनी लिमिटेडले नयाँ उत्पादन सुरु गरेको छ । एक सय पाँच भन्दाबढि प्रकारका औषधि उत्पादन गर्दै आएको कम्पनीले पछिल्लो पटक तनाव कम गर्ने, अनिद्रा, मानसिक तथा शारीरिक दुर्बलता सुधार गर्ने ‘शंखपुष्पी’ उत्पादन गर्न थालेको कम्पनीका प्रशासन प्रमुख अर्जुन अर्यालले बताए ।
‘औषधी चार सय ४० एमएल र दुई सय एमएलमा दुई थरीको उत्पादन हुने , र ‘नेपालभर औषधि विक्रि वितरणका पठाइएको छ । दुईमहिना यता हामीले उत्पदान गरेर भर्खरै बजार पठाएका हौँ ।’ औषधिको सकारात्मक प्रतिक्रिया आएको छ । जेठिमधु, शंखपुष्पी लगायतका जडिवुटी मिसाएर बनाएकाले यो स्वाथ्यका लागि निकै उपयोगी रहने अर्यालकाे भनाइ छ ।






