अश्राङ स्वास्थ्य चाैकी १० शैया अस्पतालमा रुपान्तरण

मङ्लबार, पुस १२, २०७९
0
147

गोरखा । जिल्लाकाे भिमसेनथापा गाउँपालिकाले आधारभुत अस्पतालको शुभारम्भ गरेको छ । पालिका भित्र रहेका सबै नागरिकहरुमा सहज र सुलभ रुपमा स्वास्थ्य उपचार सेवा पुर्याउने उद्देश्यले अश्राङ स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी आधारभूत अस्पताल सञ्चालनमा आएको हो ।

अस्पतालको एक कार्यक्रमका बिच आज गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले उद्घाटन गरेका छन् । अश्राङ्ग स्वास्थ्य चौकीलाई परिमार्जित गरेर १० शैयाको आधारभुत स्वास्थ्य अस्पताल निर्माण गरिएको गाउँपालिकाको प्रशासकिय अधिकारी चित्र बहादुर अधिकारीले बताए । सबै नागरिकलाई उनीहरुको पहँच अनुसार आफ्नै गाउँ ठाउँमा स्वास्थ्य सेवा दिनको लागि कसुर बाँकी नराख्ने र स्वास्थ्य सेवालाई प्रभाबकारी बनाउने गरी गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएको उनले बताए ।

पालिका भित्र रहेका नागरिकलाई स्वास्थ्य सेवा दिनुको साथै, गाउँ घर टोलमा स्थानीय सरकारको अनुभुती दिलाउने उद्देश्यले अस्पतालको निर्माण गरिएकोे गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले बताए । आधारभुत अस्पतालमा ओपिडी सेवा, ल्याब सेवा, फामेर्सी सेवा, भिडियो यक्सरे सेवा उपलब्ध हुने उनको भनाई छ ।

अस्पताल सञ्चालनका लागि चिकित्सक सहित स्वास्थ्य तर्फ नर्स हेल्थ असिस्टेन्ट ल्याब फार्मेसी साहायक डेन्ट हाइजिनिष्ट तथा प्रशासन तर्फ नायन सुब्वा लगाएतका कर्मचारीको ब्यबस्था रहने अध्यक्ष बञ्जराले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here