गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिका र आरुघाट गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली (लिजा) सार्वजनिक गरेका छन् ।
जसमा शहिदलखन गाउँपालिकाकाे औसत अङ्क ८३.७५ र आरुघाट गाउँपालिकाकाे औषत अङ्क ६१ प्रतिशत रहेका छन् । जिल्लामा रहेका दुइ नगरपालिका र अन्य सातवटा गाउँपालिकाकाे भने लिजाकाे नतिजा प्राप्त भएकाे छैन ।

आर्थिक वर्ष २०७९ मा भए गरेका कामहरुकाे बारेमा स्थानीय तहकाे सँस्थागत मूल्याङ्कन भएकाे हाे । शासकीय प्रवन्ध, संगठन तथा प्रशासन,वार्षिक बजेट तथा योजना व्यवस्थापन,वित्तीय एवम् आर्थिक व्यवस्थापन,सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन,सहकार्य र समन्वय लगायतका विषयमा मूल्याङ्कन भएकाे हाे ।






