गाेरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गाेरखा आउने भएका छन् ।
पन्थडिही कटहरे हर्मी साहिलटार सडक (२० किमि) गाेरखाकाे स्तराेन्नति कार्यकाे शिलान्यास कार्यक्रमका लागि दाहाल गाेरखा आउने भएका हुन् । दाहालसँगै उपप्रधान तथा भाैतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ, सडक विभागका महानिर्देशक लगायतकाे टाेली गाेरखा आउने भएका छन् ।
पूर्व प्रधानमन्त्री भट्टराइ साेमबार नै गाेरखा आइपुगेका छन् ।







