२ वैशाख, गोरखा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली जनताले अनुभूति गर्ने गरी काम तयारीमा सरकार रहेको बताएका छन् ।
शनिबार गोरखाको सिरानचोक गाउँपालिकाको महटारमा आयोजित दोस्रो महाटार कप फुटबल प्रतियोगिताको समद्वघाटन कार्यक्रममा गृहमन्त्री श्रेष्ठले नेपालको राजनितिक परिबर्तनबाट राजनिति क्षेत्रको अधिकार प्रयोग गरेर यसलाई माध्यम र साधान बनाएर शिक्षा , स्वास्थ्य रोजगारी , खाद्यान्न , आवास बाटोघाटो बिजुली खानेपानी खेलकुद सबै जिबनका आबश्यकताहरु पूरा गरेर राज्यले नयाँ जिबनको प्राप्त गरि अनुभूति गर्ने उद्येश्य सरकारले ल्याएको बताए ।
सरकारको उदेश्य एउटै छ, यो राजनितिक परिवर्तनलाई जोगाउने र यो राजनितिकलाई माध्यम र साधान बनाएर देशलाई विकसित र सम्वृद्वि बनाउने, आम जनता, दलित , किसान, महिला मजदुर पिछाडिएको वर्गसँग विकासको लहर ल्याएर अनुभूति गराउने कुरामा सरकार स्पस्ट भएको उनको भनाइ छ ।
सरकारले विकासको नयाँ मोडलिटीबाट गोरखाको रबर उद्योग , बुढीगण्डकी आयोजना , पालुङटारको एयरपोर्ट लगाएतको बिषयमा आगामी वर्षमा काम थाल्ने गृहकार्य भइरहेको मन्त्री श्रेष्ठले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा मगर , गोरखा नगरपालिकाका मेयर कृष्ण राना , बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्ट , सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ , सिरानचोक गाउपालिकाका उपप्रमुख रिता देबकोटा र गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल लगाएतको उपस्थिति रहेको थियो ।






