गाेरखा । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई बिहीबार संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यस अघिका मुख्यमन्त्री खगराज अधिकारीले सँसदमा विश्वासकाे मत प्राप्त गर्न नसके पछि प्रदेश प्रमुख सरकार गठनका लागि आह्वान गरेका थिए ।
सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा माओवादी बीच आलोपालो सरकारको नेतृत्व लिने सहमति अनुसार पहिलो चरणमा पाण्डे मुख्य मन्त्री भएका हुन् ।
नवनियुक्त मुख्यमन्त्रीलाई आज शपथ खुवाउने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।






