वडा अध्यक्ष धमलाकाे सेवासुविधाबाट शैक्षिक सामग्री वितरण

आइतवार, बैशाख १७, २०८०
0
127

गोरखा । जिल्लाकाे आरुघाट गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष धनेन्द्र धमलाले आफुले वडा अध्यक्ष भएबापत बर्षभरि प्राप्त गरेको सम्पुर्ण सेवा सुविधाबाट आफ्नो वडामा रहेका विद्यालयका छात्र छात्राहरुका लागि शैक्षिक सामग्री वितरण गरेका छन् ।

वडामा रहेको थुमिको गणेश मावि, आर्खेतको गण्डकी मावि, जामुनेको जामुने प्रावि, धारापानिको मनासलु आवि, बांसपुरको भवानी प्राविमा रहेको करिब ४०० बिधार्थिहरु माझ आज बिधालयमैं भव्य कार्यक्रम गरि शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नेकपा एमाले आरुघाट गाउँसभा दलका नेता तथा वडा नं १० का वडा अध्यक्ष सन्जित श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष राजिव गुरुङ समाजसेवि एवं बुद्विजिविहरु भिम धमला, कृष्ण काप्रि, कृष्ण धमला, मेन बहादुर अधिकारि, विशाल लामिछाने, राम कुमार श्रेष्ठ, प्रेम बराम, लगाएतको उपस्थिति रहेको थियो । वडा नं १० का अध्यक्ष श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए   वडा नं ४ का अध्यक्षले शैक्षिक क्षेत्रमा परिवर्तनको बिगुल वडा नं ४ बाट फुकेको र अब आरुघाट गाउँपालिकाको १० वटै वडामा यो सन्देश जानेगरी सबै वडा अध्यक्षले कार्य सम्पादन गर्नुपर्ने बताए ।

सो कार्यक्रममा वडा अध्यक्ष धमलाले शिक्षाको मन्दिरमा बलिरहेको दियोका रुपमा रहेका विद्यार्थीहरुमाझ आफुले थोरै तेल थप्ने काम मात्रै गरेको र सबै जनप्रतिनिधि हरुले आ-आफ्नो ठाउँमा यसरी शैक्षिक क्षेत्रलाई महत्त्वका साथ प्राथमिकता दिंदा वर्सेनि गुणस्तरीय शिक्षाका लागि लाखौं विद्यार्थीहरु देश बाहिर जानुपर्ने अवस्थामा केही कमि आउने धारणा व्यक्त गरे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here