गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख २१ मा विश्वासको मत लिने

आइतवार, बैशाख १७, २०८०
0
138

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  वैशाख २१ मा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पाण्डेले २१ गते दिउँसो २ बजे आफूले विश्वासको मत लिने जानकारी दिए ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २१ वैशाखमा प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सिफारिस गरेको छ ।  सिफारिस अनुसार प्रदेश प्रमुख गुरुङले २१ वैशाखको दिउँसो २ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

१४ वैशाखमा मुख्यमन्त्री नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेले १५ वैशाखमा शपथ ग्रहण गर्नुका साथै २ जना महिला मन्त्री नियुक्त गरेका छन् । पाण्डे कांग्रेसका २७, नेकपा माओवादीका ७ र एकीकृत समाजवादीका गुरुङ ‘दीपक मनाङे’ले समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । बहुमत साँसदकाे हस्ताक्षरका  आधारमा प्रदेश प्रमुख गुरुङले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here