११ किलाे-छेपेटार-भालुस्वारा-वारपाक सडक आयोजनाकाे स्तरोन्नतिका ८० कराेड

सोमवार, जेष्ठ १५, २०८०
0
147

गाेरखा । २०७३ मा ठेक्का लागेकाे ११ किलाे-छेपेटार-भालुस्वारा-वारपाक सडक आयोजनाकाे स्तरोन्नतिका ८० कराेड पाउने भएकाे छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै साे सडकखण्डकाे स्तरोन्नतिका लागि बजेट विनियोजन गरेकाे बताए ।

२०७३ सालमा दुई वर्षभित्र कालोपत्रे पूरा गर्ने गरी नागार्जुन त्रिसुली जेभीले ठेक्का लिएको उक्त सडक अहिलेसम्म कालोपत्रे भएको छैन।

गोरखास्थित ११ किलो छेवेटार भालुस्वारा बारपाक सडक आयोजनाले २०७३ मा ठेक्का लगाएको थियो।

अहिले उक्त खण्डको करिब १३ किलोमिटर सडक मध्येपहाडी लोकमार्गमा पर्ने भएकाले पनि निकै नै विवाल हुदैं आएकाे छ ।

यो सडक प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको गृह क्षेत्र तथा निर्वाचन क्षेत्रमा पर्छ। गाेरखा निर्वाचन क्षेत्र नम्बरका १ का याेजनाहरु हालसम्म आएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here