जेष्ठ नागरिकहरुलाइ प्रदेश स्तरीय स्याहार प्रशिक्षण तालिम सञ्चालन

बिहिबार, जेष्ठ १८, २०८०
0
126

गोरखा । वृद्वावस्था व्यवस्थापनका लागि गोरखा सदरमुकाममा  प्रदेश स्तरीय स्याहार प्रशिक्षण सञ्चालनमा भएकाे छ । वृद्धा अवस्थाका मानिसहरुको स्याहार सुसारमा सुधार ल्याउने उद्वेश्य सहित राष्ट्रिय जेष्ठ नागरिक संघले सदरमुकामा उक्त तालिमको आयोजना गरेको हो ।

जेष्ठ नागरिक संघ गण्डकी प्रदेश सह–आयोजक र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा बुधबारदेखी सञ्चालनमा आएको तालिमको उदघाटन गर्दै प्रमुख अतिथी तथा गोरखा जिल्ला अदालतका न्याधिश तेजप्रसाद शर्माले शिक्षामा नैतिक शिक्षा हटाएर विदेशी शिक्षा दिदा युवा शक्ति विदेश पलायन भएको र देशभित्र बालबालिका र जेष्ठ नागरिक मात्र भएको बताए ।

राज्यको निति सच्याउन आवश्यक रहेको भन्दै २० बर्षभन्दा माथिका र ४५ बर्षमुनीका युवाहरुलाई देशभित्रै रोजगारीको र्सिजना गर्न आवश्यक रहेको बताए । एउटा लेबलको शिक्षा संगै पढन जाने बहानामा विदेश भासिदा युवा शक्ति विदेशमा नै बस्ने र देशभित्र जेष्ठ नागरिकहरुको विचल्लि भएको उनले बताए ।

कार्यक्रम हाेटल विसाैनीमा भएकाे थियाे । कार्यक्रम हुनुअघि जेष्ठ नागरिकहरुले प्रभातफेरी कार्यक्रम गरेका थिए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here