गाेरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले आइतबारदेखी दुई चरणमा राहदानीको बायोमेट्रिक विवरण संकलन तथा वितरण कार्य संचालन गरिने भएको छ ।
सेवाग्राहीको अत्याधिक चाप बढ्दै गएकोले जेठ २८ गतेबाट विहान ६ बजे देखि बेलुका ६ बजे सम्म २ चरणमा राहदानीको बायोमेट्रिक विवरण संकलन तथा राहदानी वितरण कार्य संचालन हुने सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले जानकारी दिए । सोही बमोजिम सेवा लिन पनि अनुरोध गरिएको छ ।
राहदानीको लागि मिति र समय लिएका सेवाग्राहीहरुले तोकिएकै मिति र समयमा उपस्थित भई सेवा लिनु पर्ने उनले बताए । सो मिति र समय भन्दा अघि वा पछि आउने सेवाग्राहीलाई सेवा दिन नसकिने प्रशासनले जनाएको छ ।







