गोरखा । जिल्लाकाे सिरानचोक गाउँपालिकाकाे सम्पन्न १२ औँ गाउँसभाले आगमी आर्थिक बर्ष २०८०/८१ को लागि ८० करोडको बजेट प्रस्तुत गरेकाे छ ।
“समृद्ध ऐतिहासिक सिरानचोकको सान: दिगो बिकासको अभियान” नाराकासाथ सम्पन्न सभाले निति तथा कार्यक्रम र १२ औ गाउँसभा आज एकै दिन सम्पन्न गरेको हो । कार्यक्रममा २०८०/८१ को ७९ करोड ८४ लाख ५५ हजार ६ सय रुपैयाँ अनुमानित बजेट पेश गरेको छ । जस अन्तर्गत तलब तथा प्रशासनिक खर्च तर्फ ९ करोड ८५ लाख, विषय क्षेत्र योजनाको लागि ७ करोड ९६ लाख, वडागत सिलिङ ५ करोड ३१ लाख, दिगो बिकास लक्ष्य कार्यान्वयन तर्फ ४ करोड ५० लाख, गाउँपालिका गौरव योजनाकोलागि १५ करोड ९० लाख, समपुरक अनुदान कार्यान्वयनतर्फ ४ करोड ९० लाख, शसर्त अनुदान कार्यान्वयनतर्फ ३० करोड १७ लाख, विशेष अनुदान कार्यान्वयन तर्फ १ करोड १५ लाख बजेट प्रस्तुत गरेको छ ।
यसैगरी बजेटले आर्थिक बिकास, सामाजिक क्षेत्र, पुर्वाधार क्षेत्र, वन तथा वातावरण व्यवस्थापन, संस्थागत विकास तथा सुशासन, गरी मुल पाँच क्षेत्र चयन गरेको छ ।
आर्थिक बिकास क्षेत्र – १ करोड ५९ लाख बिनियोजन गरेको छ । जसअन्तर्गत कृषि तथा भुमि ब्यवस्था, सिंचाइ, पशुपंक्षि, सहकारी तथा गरीबी निवारण, उद्योग वाणिज्य तथा आपूर्ति, संस्कृती सम्पदा तथा पर्यटन र श्रम तथा रोजगार रहेका छन् ।
सामाजिक क्षेत्र – १ करोड ५९ लाख विनियोजन गरेको छ जसअन्तर्गत स्वास्थ तथा पोषण, शिक्षा विज्ञान तथा प्रविधि, खानेपानी तथा सरसफाइ, युवा खेलकुद तथा नवप्रवर्द्धन र महिला बालबालिका तथा समाज कल्याण रहेको छ ।
पुर्वाधार क्षेत्र – ३ करोड १८ लाख ४० हजार विनियोजन गरेको छ जस अन्तर्गत भवन आवश वस्ती, सडक पुल यातायात, जलस्रोत विद्युत तथा वैकल्पिक उर्जा र सूचना तथा संचार पर्दछ ।
वन तथा वातावरण व्यवस्थापन – ७९ लाख ६० हजार विनियोजन गरेको छ जस् अन्तर्गत वन तथा जैविक, भु- संरक्षण तथा जलाधार, वातावरण तथा फोहोर मैलाव्यवस्थापन र विपद व्यवस्थापन तथा जलवायु उत्थानशिलता पर्दछ।
संस्थागत विकास तथा सुशासन – ७९ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ जस् अन्तर्गत: निति, कानुन, न्याय, सुशासन, सेवा प्रवाह, संगठनात्मक विकास, मानव संशोधन, श्रोत परिचालन, तथ्यांक प्रणाली र योजना व्यवस्थापन पर्दछ।
यसैगरी वडा स्तरीय योजना तथा कार्यक्रमको लागि ५ करोड ३१ लाख ८ वडालाई निम्न अनुसार बिभाजन गरेको छ । १ नं वडा ५९ लाख ९१ हजार ४ सय, २ नं वडा ६६ लाख ३२ हजार ५ सय, ३ नं वडा ६० लाख ७९ हजार ४०, ४ नं वडा ५७ लाख ०७ हजार २ सय, ५ नं वडा ६९ लाख ९९ हजार ९ सय, ६ नं वडा ७१ लाख ५० हजार ३ सय, ७ नं वडा ६८ लाख २२ हजार २ सय र ८ नं वडाको लागि ७७ लाख १७ हजार २ सय विनियोजन गरेको छ ।
गौरव योजनाहरुका लागि १५ करोड ९० लाख छुट्टयाइएको छ। जस अन्तर्गत: मुख्य सडक देखि कार्यलय जोडने सडकहरू, “क” वर्गमा वर्गीकृत गरिएका सडकहरु, अन्य महत्त्वपूर्ण सडकहरु, वडा कार्यलयका भवन निर्माण तथा स्तरोन्नति, गाउँपालिका प्रशासकीय भवन निर्माण, पालिका भित्र निर्माण गर्नुपर्ने पार्क तथा पर्यटन पुर्वाधारहरुको निर्माण, खानेपानी तथा सिंचाइ योजना निर्माण आदि छ ।
कार्यक्रममा बजेट भाषण पालिका उपाध्यक्ष रिता देवकोटा द्वारा प्रस्तुत गरिएको थियो र अध्यक्ष ज्ञानेन्द्र गुरुङको अध्यक्षतामा बसेको सभाले बजेट विनियोजन पारित गरेको थियो । सिरानचोक गाउँपालिकाका सबै वडाका जन-प्रतिनिधि र कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।






