शहिदलखनका नाै वडामा नर्सरी स्थापना गरिने

मङ्लबार, असार १२, २०८०
0
121

गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिकाले प्रत्येक वडामा नर्सरी स्थापना गर्ने भएकाे छ । पालिकाकाे आर्थिक वर्ष ०८०।०८१ का लागि प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा नर्सरी स्थापना गर्ने निर्णय पारीत भएकाे हाे । पालिकाकाे कार्य सम्पादनमा अग्रणी स्थानमा रहेकाे शहिदलखन गाउँपालिकाले पछिल्लाे समय  थप अनुकरणीय काममा सक्रिय हुँदै आएकाे छ ।

पालिका भित्रका नागरिकहरुलाइ उत्पादनमा जाेड दिन लगाउने र उत्पादकत्व बढाइ आत्मनिर्भर बनाउने नीति पालिकाले लिएकाे छ । प्रत्येक वडामा कृषि उपजकेन्द्र स्थापना गरिने गाउँपालिका अध्यक्ष रमेशबाबु  थापा मगरले जानकारी दिए । उनले भने, किसानले उत्पादन गरेका बस्तुलाइ हाटबजारमा लगेर विक्री गर्छाैँ, किसानले समान लिएर बजार जाने र पैसा लिएर घर फर्कने बातावरण यस अघि देखि नै लागू गरिरहेकाे र यसलाइ थप व्यवस्थित गरिने बताए ।

रैथाने बालिकाे सँरक्षण गर्ने, कृषिलाइ आधुनिकिकरण गर्ने, रेशम खेती कार्यक्रमलाइ प्राेत्साहन गर्ने कृषि नीति पालिकाले लिएकाे छ ।

हेर्नुहाेस् कृषि नीति

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here