गोरखा, १७ असार । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आज गाेरखा जिल्लाकाे शान्ति सुरक्षाकाे बारेमा जानकारी लिएका छन् । प्रधानमन्त्री तथा गृहमन्त्रीकाे जिल्ला गाेरखाकाे शान्ति सुरक्षा के कस्ताे रहेकाे छ भनेर जानकारी दिन महानिरीक्षक कुँवर शनिबार गाेरखा आइपुगेका थिए ।
कुँवरले आज विहान जिल्लाकाे प्रसिद्ध धार्मिकस्थल गोरखकाली मन्दिर र गोरखनाथ मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् । प्रहरी महानिरीक्षक कुँवर बिहान मन्दिरमा पुगेर पूजाअर्चना गरेका हुन् ।
कुँवरले आज जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत सिनियर तथा जुनियर कर्मचारीहरुलाई जिल्लाको शान्ति सुरक्षा चुस्तदुरुस्त बनाई राख्न निर्देशन समेत दिएका छन् ।
प्रहरी महानिरीक्षक कुँवरले जिल्ला भित्र हुने शान्ति सुरक्षामा कुनै पनि कमी आउन नदिन तथा सर्वसाधारण जनतालाई कार्यालयबाट प्रदान गरिने सवैखालका सेवालाई प्रभावकारी र जनमैत्री बनाउन पनि निर्देशन दिएका हुन् ।
‘उनले सवै प्रहरी कर्मचारीहरुलाई पारदर्शी रुपमा काम गर्न निर्दशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले भने, ‘प्रहरी कर्मचारीहरुले कानुनको पालना गराउने सन्र्दभ तथा प्रहरीको आचरण विपरित हुने खालको कार्य गरेको खण्डमा दण्डित बताए ।’ प्रहरी महानिरीक्षक कुँवर आज नै राजधानी फर्केका छन् ।






