मिस्टर नेपाल २०२३ को फिनालेमा गोरखा फूजेलका राजीव तिवारी

सोमवार, असार १८, २०८०
0
141

‘मिस्टर नेपाल २०२३’ को फिनालेमा गोरखा फूजेलका राजीव तिवारी पुगेका छन् । तिवारीसंगै अन्य २० प्रतियोगी फिनालेमा पुगेका हुन् । देशभर आयोजना गरिएको अडिसनबाट तीन सय प्रतियोगी छानिएका थिए। जसमध्येबाट गोरखाका तिवारी अन्तिम २० सेमिफाइनलिस्टमा पुग्न सफल भएका हुन्।

अहिले खल्ती एपबाट भोटिङ समेत खुला गरिएको छ। तिवारीले आफुलाई भोटिङ सहयोग गर्न अपिल गरेका छन्। आफु जन्मेको भुमिको लागि केहि गर्ने योजानाका साथ प्रतियोगितामा सहभागीभएको तिवारीले जानकारी दिए।

छनोट भएका सेमिफाइनलिस्टमा राजीव तिवारी (गोरखा,फुजेल) निमेश कपाली (काठमाडौं), राजन ऐयर (महेन्द्रनगर), असिम लामिछाने (भक्तपुर), रोहित भाट (कञ्चनपुर), रोहिम धौभडेल (भक्तपुर), समर्पण कार्की (विराटनगर), लोकेश प्रधानाङ्ग (ललितपुर), रिकेश प्रसाईं (झापा), विजय दुवाडी (चितवन), अनुभव जोशी (ललितपुर), आयनराज चौधरी (सर्लाही), मिकाज कार्की (ललितपुर), डायमण्ड ढुंगाना (अछाम), रमननाथ गिरी (मोरङ), स्वप्निल अधिकारी (पोखरा), प्रेमकुमार यादव (जनकपुर), दीपेन्द्र शाही (पोखरा), कृषल श्रेष्ठ (काभ्रे), प्रवीण पाठक (झापा) रहेका छन्।

छनोट भएका प्रतियोगी फिनालेका लागि प्रशिक्षणमा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए। प्रशिक्षणमा पौडी, फुटबल, चट्टान आरोहण, समाजसेवा, हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी विषय समावेश छन्। छनोट चरणको अडिसन विराटनगर, जनकपुर, भरतपुर, बुटवल, पोखरा र काठमाडौंमा भएको थियो।

यो पटक मिस्टर नेपाल ‘न्युलुक मिस्टर नेपाल’ को नामबाट आयोजना हुँदैछ। १६ देखि ३२ वर्षको उमेर ननाघेका युवाको सहभागिता रहने प्रतिस्पर्धामा ५ फिट ८ इन्चभन्दा बढी उचाइ भएका नेपाली नागरिक रहनुपर्ने प्रावधान राखिएको छ। शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिस्टर ग्लोबल २०२३’ मा नेपालको प्रतिनिधित्वसहित पाँच लाख रुपैयाँ बराबरको पुरस्कार हात पार्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here