रुइला नाका खुलेपछि चुमनुब्रीबासीहरु खुशी

बिहिबार, भदौ २८, २०८०
0
94
साम्दाे गाउँ : तस्वीर राजेन्द्र न्याैपाने

गाेरखा । काेराेना सँक्रमणकाे कारण देखाउँदै बन्द भएकाे चुमनुब्री गाउँपालिका वडा नम्बर १ स्थित रुइला नाका सञ्चालनमा आएसँगै चुमनुब्रीका नागरिकहरु खुशी भएका छन् ।

नाका प्रवेश परिचयपत्र बनाएसँगै चीनकाे सिमा क्षेत्रमा गएर बजारमा किनमेल गरेर फर्कन पाइने व्यवस्था रहेकाे छ । सामागाउँ, साम्दाेबाट घाेडा, खच्चड लिएर जानेहरु रुइला नाका जाेङ्खा बजारबाट किनमेल गरेर साेही दिन घर फर्कन सक्छन् । गाेरखा सदरमुकामबाट सामान लिएर त्यस ठाउँमा पुग्न खच्चडलाइ एक हप्ता लाग्छ । बाटाे विग्रेका कारण वर्षातकाे समय खच्चड जान समेत समस्या रहने गरेकाे छ । नेपाली बजारमा भन्दा चिनिया वजारमा सामग्री सुपथ मुल्यमा पाइने गरेकाे वडा  नम्बर १ का अध्यक्ष कर्मा छेवाङले बताए ।

चारवर्ष अघि जिल्ला प्रशासनले दिएकाे कार्ड नविकरण गरिएकाे छैन । नयाँ निर्माणका लागि गृह मन्त्रालयले निर्देशन दिनुपर्दछ त्यसका लागि पहल गरीरहेकाे चुमनुब्री गाउँपालिका अध्यक्ष निमाले बताए ।

यस क्षेत्रकाे नाका खुलेसँगै ल्हाे, विही, प्राेक, सामागाउँ, छेकम्पार, चुम्चेतका नागरिकहरुलाइ दैनिक उपभाेग्य सामग्रीकाे आपूर्तीका लागि सहज हुने गर्दछ ।

नाका नखुल्दा त्यस क्षेत्रका नागरिकहरुलाइ चीन सरकारले समय समयमा सहयाेग समेत गर्दै आएकाे थियाे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here