गाेरखा । बारपाक सुलिकाेट गाउँपालिका वडा न २ बारपाक तसर पाखाको ६ नम्बर टर्निङ मा चितवन बाट घुम्न आएको गाडि फर्कने क्रममा ब्रेक फेल हुँदा कुनपटी पल्टिएकाे छ ।
गाडीमा सवार १६ जना मध्य ३ जना घाइते भएका र घाइते र अन्य सबैलाइ अर्काे गाडिबाट चितवन पठाइएकाे बारपाक प्रहरीले जानकारी दिएकाे छ । गाेरखाका ग्रामिण सडकमा भ्रमण गर्दा साेही क्षेत्रमा चलिरहेका बस र चालक प्रयाेग गर्दा दुर्घटना हुने सम्भावना कम रहने प्रहरीले बताउँदै आएको छ ।






