घरायसी विवादमा छाेराद्वारा बाबुकाे हत्या

आइतवार, कार्तिक १२, २०८०
0
101

काठमाडौ, १२ कार्तिक । छोराले बाबुको हत्या गरेका छन् ।कैलालीको जानकी गाउँपालिका–३ मा आफ्नै बुवा ४५ वर्षीय बाबु हिरासिंह चौधरीको हत्या गरेको अभियोगमा उनका छोरा गणेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जानकी गाउँपालिका–३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेशलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

आफ्नै घरको आँगनमा घरायसी विवादको क्रममा ढुंगाले प्रहार गर्दा हिरासिंहको घटनास्थलमै मृत्यु भएको थियो । बाबुको हत्या गरेको भन्नु भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here